(Japan) 19 th April | 2024 | Friday | 7:56:13 AM || (Nepal) 4:41:13 AM
 
 


ईथियोपियन एयरलाईन्सको बिमान दुर्घटना हुँदा १५७ यात्रुको निधन (अपडेट)

  POSTED ON : Monday, 11 March, 2019 | Views : 7216

ईथियोपियन एयरलाईन्सको बिमान दुर्घटना हुँदा १५७ यात्रुको निधन (अपडेट)


एजेन्सी ।

ईथियोपियन एयरलाईन्सको बिमान दुर्घटनामा परि त्यसमा सवार सबै यात्रुको निधन भएको छ ।

बोईगं ७३७ बिमान आईतबार बिहान दुर्घटनामा परि १ सय ५७ यात्रु सबैको निधन भएको ईथियोपियाको प्रधानमन्त्री कार्यालये पुष्टि गरेको छ ।

ईथियोपियन एयरलाईन्सले बिमान दुर्घटनामा परि त्यसमा सवार कोहीपनि जिवित फेला नपरेको जनाएको छ ।

बिमान उडेको ६ मिनेटमानै दुर्घटनामा परेको र चालक दलका ८ सदस्य सहित सबै १ सय ५७ जनाको मृत्यु भएको एयरलाईन्सले जनाएको छ ।

बिमानमा ३२ जना केन्याली, १८ जना क्यानेडियन, ९ जना ईथियोपियन, ८ जना चीनियाँ र ३ जना रसियन नागरिक रहेका थिए । यसैगरि २ जना स्पेनी, २ ईजरेली र १ यमनी सहित टोगो, सोमालिया र आईरिसका ११ जना नागरिक रहेका थिए ।

यसअघि प्रशारीत समाचार

आईतबार आदिस अबाबा बाट नैरोबिकालागी उडेको बिमान दुर्घटना भएको ईथियोपियाका प्रधानमन्त्री अभिय अहमदले पुष्टि गरेका छन् ।

उनले बिमान दुर्घटनामा परि बिमानमा सवार सबैलाई गुमाउनु परेको ट्विटमा उल्लेख गरेका छन् ।

बिमानमा चालक दलका ८ जना सदस्य सहित १ सय ४९ जना रहेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

बिमान स्थानिय समय अनुसार बिहानको ८ बजेर ४४ मिनेटमा दुर्घटनामा परेको ईथियोपियाको प्रधानमन्त्री कार्यालयले जनाएको अलजजिरा अनलाईनले उल्लेख गरेको छ ।

सम्बन्धित सामग्री: