(Japan) 29 th March | 2024 | Friday | 2:53:48 PM || (Nepal) 11:38:48 AM
 
 


नियम कडा -जापानमा ३० येन चोर्दा पक्राउ, यस्ता कुरामा होस गरौं है !

  POSTED ON : Saturday, 17 November, 2018 | Views : 3055

नियम कडा -जापानमा ३० येन चोर्दा पक्राउ, यस्ता कुरामा होस गरौं है !


टोकियो ।

जापानमा सामान्यतया एक सय येन भन्दा कमको केहीपनि पेय पदार्थ वा खानेकुरा आउँदैन । अझ भनौं ठाउँमा एक येनले पनि ठूलो महत्व राख्छ तर सय येनलाई त्यति ठूलो रकम मानिन्न ।

गत महिनामात्र एउटा गेडा अँगुरको दाना चोरी गर्दा एक व्यक्ति पक्राउ परेको खवर सार्वजनिक भएको जापानमा फेरी त्यस्तै खाले रोचक चोरीको घटना सार्वजनिक भएको छ ।

प्रसंग हो ३० येन चोरी गर्दा एक बृद्ध पक्राउ परेको घटना । जापानको चिबा प्रिफेक्चरमा सिन्तो स्राइन अर्थात् धार्मिक स्थलमा राखिएको चन्दा बाकसबाट ३० येन रकम चोर्दा ५५ बर्षिय बृद्ध मासाकाजु इगुची नाम गरेका जापानी पक्राउ परेका छन् ।

बेरोजगार बस्दै आएका ति बृद्धले दान बाकस बुटालेर एकाबिहानै बाकसमा भएको रकम चोरी गरेका हुन् । बिहानको समयमा दान बाकसमा ३० येन मात्र रहेको र आफुले सो रकम लिएको पक्राउ परेका बृद्धले स्विकारेका छन् ।

पक्राउ परेका उनीमाथि कस्तो कारवाही हुन्छ त्यो चाहिँ थाहा छैन, तर उनलाई प्रहरीले भने गिरफ्तार गरेको जापानी समाचार संस्था जापानटुडेले चिबा निप्पोलाई उदृत गर्दै समाचार उल्लेख गरेको छ ।

जापानमा हुने यस्ता सिन्तो स्राइनहरुमा घुम्न जानेहरुले स्वेच्छाले मन्दिरप्रति आस्था तथा सहयोगको भावले थोरै मात्र भएपनि रकम दान गर्ने चलन रहेको छ ।

नेपालमा कसैको केही सय रुपैयाँ वा केही सामान लिएर थाहा पाएमा माफी माग्दैमा छुट पाइएला वा सामान्य मानिएला जापानमा त्यस्तो हुँदैन ।

बिना अनुमती कसैको सामान चलाए, कानुनले गलत मानेका कुरा गरेमा विषय सामान्य लागेपनि गम्भिर हुन जान्छ । त्यसैले अनावश्यक चिज, नजानेका विषय वा कुरामा सोधपुछ गरौं, हात लामो गरेर अघि नबढ्नुहोला फस्नुहोला है !

News Source : Man arrested for stealing ¥30 from Shinto shrine’s collection box