(JAPAN) 18 th June | 2019 | Tuesday | 3:38:57 PM
(Nepal) 18 th June | 2019 | Tuesday | 12:23:57 PM
 

ओसाकामा बिजय दशमी तथा दिपावली सांस्कृतिक कार्यक्रमको तयारी पुरा

  POSTED ON : Friday, 12 October, 2018 | Views : 284

ओसाकामा बिजय दशमी तथा दिपावली सांस्कृतिक कार्यक्रमको तयारी पुरा


ओसाका ।

नेपालीहरूको महान् चाड बिजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा कान्साई नेपाली सोसाइटी द्वारा आयोजना गरिने भनिएको शुभकामना आदानप्रदान तथा रात्रिभोज कार्यक्रमको तयारी पुरा भएको छ ।

जपानको कान्साई क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहीनीहरु बिच बडादशैको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले यही अक्टोबर महिनाको १५ तारिखका दिन ओसाकाको तेन्नोजीमा अवस्थित वाली टावर होटल एण्ड रिसोर्टमा उक्त कार्यक्रमको आयोजना हुँदै छ ।

नेपालीहरुको जनसख्या दिनप्रतिदिन बढ्दै गएको परिप्रेक्ष्यमा पनि दशैं तथा तिहारमा बिस्तारै सामुहिक पारिवारिक जमघटको बृहत कार्यक्रम सुन्य जस्तै हुन गएकोले पुनश्च कान्साइबासी हरुको भाबना को कदर गर्दै सौहाद्रपूर्ण तबरले अग्रजहरुको सल्लाह र सुझावअनुसार युवाहरुको नेतृत्वमा नेपालीहरुको महान पर्ब बिजयदशमीको अबसर पारेर यो कार्यक्रम गर्न लागिएको कान्साइ नेपाली सोसाइटी का संयोजक महेश कटवाल ले जानकारी  दिनुभयो ।

कान्साई नेपाली सोसाइटीको आयोजनामा आयोजित ऊक्त कार्यक्रममाँ शुभकामना आदानप्रदानको साथै स्थानीय कलाकारको बिबिध प्रस्तुति को साथमा उपस्थित हुने हरु लाई आकर्शक गिफ्ट पनी रहने जानकारी प्राप्त भएको छ।

कायर्क्रम होटलमा हुने भएको र यसको लागि उपस्थित हुनेहरुको संख्या होटल लाइ अग्रिम जानकारी गराउनु पर्ने भएकोले २०१८/१०/१२ भित्रमा उपस्थिति हुनुहुने हरुले आयोजक समिति लाइ जानकारी गराउनु हुन अनुरोध गरिएको छ। 

पूर्व जानकारी बिना उपस्थित हुनेहरुलाई                                 

सहभागी गराउन् नसकिने प्राबिधिक बाध्यता भएकोले सम्पूर्ण लाई अग्रिम कन्फर्मेसन को लागि अनुरोध गरिएको छ । 

आयोजक

कान्साई नेप्प्लीज सोसाईटी 

स्थान  : वाली टावर रिसोर्ट तेंनोजी 

मिती   :२०१८/१०/१५ सोमबार 

समय  :१८:००  बजे बाट 

 शुल्क : ४५०० एन विद्यार्थी शुल्क: ४२०० एन 

संपर्क: नरेश शाक्य 090-6599-0040

         सुजन मैनाली 080-3113-9303

          प्रकाश तुलाधर 080-8736-६३२७