(JAPAN) 19 th December | 2018 | Wednesday | 2:14:24 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 10:59:24 PM
 

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ जापान आउँदै, 'महको म' पुस्तक हस्ताक्षर सहित अन्तर्क्रिया हुने (भिडियो सहित)

  POSTED ON : Thursday, 11 October, 2018 | Views : 586

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ जापान आउँदै, 'महको म' पुस्तक हस्ताक्षर सहित अन्तर्क्रिया हुने (भिडियो सहित)

टोकियो ।

लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको हस्ताक्षर सहित चर्चित पुस्तक 'महको म' लिन पाईने व्यवस्था सहित राजधानी टोकियोमा विशेष अन्र्तक्रिया कार्यक्रम हुने भएको छ ।

हांस्य अभिनेतासँगै चर्चित गायकको रुपमा समेत परिचित मदनकृष्ण श्रेष्ठले कार्यक्रममा आफ्ना लोकप्रिय केही गित सहित पुस्तक प्रकाशन पछिका आफ्ना जिवनकथा सुनाउनुहुने आयोजक संस्था शिन्जोउ कर्पोरेशनका प्रमुख उत्तम श्रेष्ठले जापानसमाचारडटकमलाई जानकारी दिनुभयो ।

आत्मकथा लेखनी गर्दैगर्दा पत्नीलाई अर्बुद क्यान्सर भएपछि उपचारमा लाग्नुपर्दा ६ बर्ष लगाएर मदनकृष्ण श्रेष्ठले पुस्तक महको म तयार पानुभएको थियो ।


पत्निलाई क्यान्सर अनि आफुलाई पार्किन्सन्स रोगले गर्दा कष्टप्रद समयमा पनि श्रेष्ठले आत्मकथालाई निरन्तरता दिंदै बाल्यकाल, प्रारम्भिक संघर्ष, प्रेम र विवाहदेखि कलाकारितामा सफल हुँदा सम्मका उकाली ओराली पुस्तकमा रोचक ढंगमा समेट्नुभएको छ ।

पत्नि यशोदा सुबेदीको निधनपछिपनि कलाकारिता र श्रृजनामा उस्तै सक्रिय रुपमा लागिरहनुभएका बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसँग जापानवासी नेपालीहरुको साक्षात्कारको चाँजोपाँजो भने शिन्जोउ कर्पोरेशन सहित केही संस्थाहरुको सक्रियतामा हुन लागेको हो ।

आगामी नोभेम्वर महिनाको ४ तारिख आईतबार राजधानी टोकियोको नाकानोमा रहेको नाकानो जेरोहलमा कार्यक्रम आयोजना हुने भएको छ ।


साँझ ठिक ६ बजेबाट सुरुहुने कार्यक्रम शिन्जोउ कर्पोरेशन सहित भर्भ ईन्टरनेशनल, राईज एण्ड पर्ल र फेसन हाउसको संयुक्त आयोजनामा हुन लागेको हो ।

पुस्तक महको म हस्ताक्षर सहित अन्र्तक्रियाको लागि आफु जापान आउन लागेको भिडियो सन्देश सहित लेखक श्रेष्ठले कार्यक्रममा उपस्थितको लागि सम्पूर्ण जापानवासी नेपालीहरुलाई अनुरोध सहित निमन्त्रणा समेत गर्नुभएको छ ।

आफ्नो आत्मकथाको बारेमा हांस्यअभिनेता मदनकृष्ण श्रेष्ठले लेख्नुभएको चर्चित पुस्तक महको म को यसअघि नेपालमा दर्जन बढी शहरमा अन्र्तक्रिया भएको थियो ।

अमेरिकामा समेत गत महिना लेखक श्रेष्ठकै उपस्थितिमा भव्य अन्र्तक्रिया कार्यक्रम भएको थियो ।

सो कार्यक्रममा अपेक्षा गरिएभन्दा दर्शकहरुको उपस्थिति धेरै हुँदा आयोजकले पुस्तक अभाव भएर धेरैलाई केही पछिमात्र उपलब्ध गराएको थियो ।

श्रेष्ठको पुस्तक 'महको म' नेपालमा यस बर्षको सर्वाधिक विक्रि हुने पुस्तक समेत हो ।