(JAPAN) 17 th October | 2018 | Wednesday | 4:43:22 PM
(Nepal) 17 th October | 2018 | Wednesday | 1:28:22 PM
 

टोकियो विश्वकै उत्कृष्ठ शहर, क्योतो संरक्षित, ओशाका राम्रो खाना पाईने शहर

  POSTED ON : Thursday, 11 October, 2018 | Views : 1022

टोकियो विश्वकै उत्कृष्ठ शहर, क्योतो संरक्षित, ओशाका राम्रो खाना पाईने शहर

टोकियो ।

विश्वकै महंगो शहरको रुपमा परिचित जापानको राजधानी टोकियो विश्वकै उत्कृष्ठ शहरमा गनिएको छ ।

अमेरिकाको चर्चीत नास्ट म्यागेजिनको सर्वेक्षणले अमेरिका बाहिर टोकियो विश्वकै उत्कृष्ठ शहरमा पहिलो नम्वरमा देखाएको हो ।

सन् २०१८ को उत्कृष्ठ शहरमा पहिलो नम्वरमा परेको टोकियोले ४ लाख २० हजार मत पाएको छ । रोचक कुरा त के भने जापानकै क्योतो शहर परम्परागत रुपमा संरक्षण गरिएको विश्वकै उत्कृष्ठ शहरको पहिलो नम्वरमा आउँदा जापानको ओशाका जापानमा मौलिक खाना पाईने जापानभित्रको उत्कृष्ठ शहर बनेको छ ।

नास्ट पत्रिकाले उत्कृष्ठ शहर, पुरानो संरक्षित शहर, परम्परागत खाना पाईने शहर लगायत करिव एक दर्जन शिर्षकमा विश्वको उत्कृष्ठ स्थानको सर्वेक्षण गर्दै आएको छ ।

सर्वेक्षणमा अष्ट्रेलियाको मेलबर्न टोकियो पछि उत्कृष्ठ शहरमा पर्दा अष्ट्रियाको भियना र जर्मनीको हामबर्ग क्रमश स्थानमा रहेको देखाएको छ ।

एशियाबाट सिंगापुर सातौं तथा दक्षिण कोरियाको राजधानी सोल १६ औं उत्कृष्ठ शहरमा पर्न सफल भएको जापानटाईम्सले उल्लेख गरेको छ ।