(JAPAN) 19 th December | 2018 | Wednesday | 2:28:55 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 11:13:55 PM
 

'आमाको जाँतो' जापानको अन्तर्राष्ट्रिय रोवर्ट प्रतिस्पर्धामा

  POSTED ON : Wednesday, 10 October, 2018 | Views : 1649

'आमाको जाँतो' जापानको अन्तर्राष्ट्रिय रोवर्ट प्रतिस्पर्धामा

टोकियो ।

नेपालको मौलिक खाद्यान्न पिसानीको माध्यम जाँतो जापानको एक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धी बनेको छ ।

नेपालको मौलिक जाँतोलाई आधुनिकिकरण गर्दै आमाको जाँतोको नाम दिएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भिडेका छन् नेपाली वैज्ञानिक विष्णुप्रसाद गौतम ।

जापानको एक विश्वविध्यालयमा कार्यरत नेपाली प्राध्यापक वैज्ञानिक गौतमले अन्तराष्ट्रिय रोवर्ट प्रतियोगिताका लागि ‘आमाको जाँतो’ नामक स्वचालित जाँतो तयार गरेका हुन् ।

कास्की जिल्लाको धिताल हाल माछापुच्छ्रे गाउँपालिकाका गौतमले अन्तराष्ट्रिय स्तरको ‘र्इटी रोवोकोन २०१८’ नामक प्रतियोगितामा सहभागिताका लागि सोलारबाट संचालन हुने स्वचालित जाँतो बनाएका हुन् ।

उच्च शिक्षा अध्ययनका लागि २४ बर्ष पहिले जापान आएका गौतमले विभिन्न किसिमका खाद्यान्नको पिठो पिस्नमिल्ने गरि तयार गरिएको सो जाँतोलाई आईओटी तथा रोवटिक्स प्रयोग गरी आवाजको भरमा सन्चालन गर्न सकिन्छ ।

हाल जापानको होक्काइदो स्थित वाकानाई होकुसेई गाकुइन विश्वविध्यालयका प्राध्यापक गौतमले सूचना प्रविधिमा विध्यावारिधि समेत गरेका छन ।

‘आमाको जाँतो’ संचालनका लागि सौर्य उर्जाको सयवाटको एक थान सोलार प्यानल प्रयोग गरिएको छ भने यसको अधिकतम उर्जा क्षमता १८ वाट हुन्छ । यस प्रविधिका लागि ईन्भटर तथा ब्याट्री सेल पनि प्रयोग गरिएकाले ग्रिड बिधुत पनि एकै साथ प्रयोग गर्न सकिन्छ । बादल तथा वर्षाको समयमा पनि यो प्रविधि बिना रोकावट प्रयोग गर्न सकिने उनको गौतमको दाबी छ । विशेषत नेपालको पहाडी तथा हिमाली क्षेत्रमा सजिलैसंग यसको प्रयोग गर्न सके त्यहाँको जनजिवन सहज हुने गौतमले बताए ।

जापानमा हुने अन्तराष्ट्रिय स्तरको रोवटिक्स प्रतियोगितामा यो प्रविधिको छोटो भिडियो युट्यूबमा राखिएको छ। आज बुधबार जापान समयको राती १० बजे बजेसम्म युटुवमा सर्वाधिक लाईक तथा कमेन्ट पाउने भिडियो प्रतियोगितामा उत्कृष्ठ हुनेछ ।