(JAPAN) 17 th October | 2018 | Wednesday | 4:02:37 PM
(Nepal) 17 th October | 2018 | Wednesday | 12:47:37 PM
 

जापानमा नेपाली नेताको आगमन-योगेश भट्टराई भाईरल बनेर फर्किए, मन्त्री ढकाल आईपुगे

Gokarna Adhikari   POSTED ON : Tuesday, 09 October, 2018 | Views : 1475

जापानमा नेपाली नेताको आगमन-योगेश भट्टराई भाईरल बनेर फर्किए, मन्त्री ढकाल आईपुगे

समाचार टिप्पणी-टोकियो ।

हेमन्त गिरीले अक्टोबर ४ मा जापान घुम्न आएका नेकपाका चर्चित नेता योगेश भट्टराईलाई जापानको विभिन्न पक्रियाबारे सिकाएर पठाईदिन भन्दै सामाजिक सञ्जालमा लेखे

साहित्यमा कलम चलाउँदै आएका जापानका नेपालीमाझ परिचित अनुहार गिरीको बिचार सामाजिक सञ्जालमा भाईरल जस्तै बन्यो । एक कान दुई कान मैदान उनको लेखाईको भाव बुझेका जापानमा रहेका नेकपाका नेताहरुले गिरीले लेखेका कुराहरुमध्येकै एक आफ्ना नेतालाई यहाँको रेल स्टेशन प्रवेश गर्दा कार्ड प्रयोग गर्न लगाएर सामाजिक सञ्जालमा फोटो समेत राखे । यसले सामाजिक सञ्जालमा फेरी चर्चा पायो र भट्टराई सहित जापानमा रहेका नेकपाका नेता कार्यकर्ताप्रति धन्यवाद सहित सकारात्मक अपेक्षाका धेरै कुरा लेखेको पाईयो ।

सँधै अरुले सिकाएको सिकेर मात्रै सँधै कहाँ धर पाईन्छ र ? अवलोकन भ्रमणका लागि जापान आईपुगेका भट्टराई रेलको लिग अनुसार चल्ने जापानको जिवनमा नेपालकै जस्तो केटौरे नियममा लिग बाहिर चल्न खोज्दा अकस्मात आफैं फस्न पुगे र बने भाईरल ।

एप्लिज नेचुरल प्रोड्क्स कम्पनी लिमिटेड र नागोया गाईडवे बस कम्पनी लिमिटेडको निमन्त्रणमा भट्टराई जापान आएका थिए । यही सिलसिलामा बस कम्पनीका प्रतिनिधिहरुसँग भ्रमणकै क्रममा रहँदा भट्टराईले सामान्य ठानेर सडकको जेब्राक्रस भएको ठाउँबाट बाटो काटेपनि चिन्ह भएभन्दा बाहिरबाट हिँडेको फोटो आफैंले फेसबुकमा पोष्ट गर्नपुगे ।

बाटो काट्ने बेलामा ख्याल नगरेपनि फोटो राख्ने बेलामा मात्र पनी सामान्य बुद्धिमता नपुर्याउँदा जापानमा भट्टराईको आगमनमा जति सकारात्मक चर्चा चलेको थियो यो फोटोले त्यो सबैलाई धुमिल बनाएर आलोचनाको पात्र बनाईदियो ।

कतिसम्म भने आफुले राखेको फोटोमा दर्जनौं नकारात्मक कमेन्ट तथा सुझाव आउँदा समेत भट्टराईले यसमा न त गल्ती भएको स्विकार्दै केही प्रतिक्रिया दिएका छन् न त गल्ती महशुस नै । होला उनले व्यक्तिगत रुपमा महसुश गरे होला तर त्यो नागरिक स्तरमा नआउँदा गल्तीमा माफि माग्ने जापानी संस्कार भने उनले सिकेर गएनछन् भन्ने भएको छ ।

हेर्दा यो सामान्य लाग्न सक्छ भट्टराईका समर्थक वा नेकपाप्रति आस्थाराख्ने अन्धसमर्थकहरुलाई तर ख्याल रहोस् कार्यालय समय १० मिनेट ढिलो वा खाजा खान केही मिनेट ढिलो जाँदा समेत कारवाही तथा माफी मागिने संस्कारको देश हो जापान । व्यक्तिगत काममा मन्त्रीले सरकारी गाडी लैजाँदा पद गुमाउनुपरेको घटना केही महिनाअघिको मात्र हो ।

तर रोचक कुरा त के भने भट्टराईले यही फोटो हालेको फेसबुकमा भने अक्टोर ६ मा नागोया शहरको भव्यता र भौतिक पुर्वाधारको योजनाको कुरा गर्दै यहाँको इमान्दारिता, निरन्तरता र प्रतिवद्धताको बखान गाएर फोटो नै पोष्ट गरेका छन् । तर प्रिय कमरेड त्यो इमान्दारितामा जेब्राक्रसबाट बाहिर हिँड्दा गल्ति महशुस, औंल्याउँदा धन्यवाद सहित क्षमा याचना माग्ने यहाँको संकारपनि पर्छ भन्ने कुरा किन ख्याल भएन तपाईलाई ?

भट्टराईलाई हानेदा बिमानस्थलमा स्वागत गर्न प्रवासी मञ्चका दर्जनौं नेता कार्यकर्ता पुगेपनि बिदाईमा पुगेको फोटो खासै देख्न पाईएन । यसले उनको आगमनमा नेकपाको संगठन भित्र र बाहिरसमेत जति उत्साह देखिएको थियो बिदाई निरासामा बदलीएको सहजै अनुमान गर्न सकिन्छ ।


भट्टराई गए मन्त्री ढकाल आईपुगे

सोमबार नेता योगेश भट्टराई जापानबाट नेपाल फर्किएकै समयमा नेपाल सरकारका कानून, न्याय तथा संसदिय मामिला मन्त्री भानुभक्त ढकाल जापान आईपुगेका छन् ।

मन्त्री ढकाल अक्टोर ८ देखी १२ सम्म हुने एशियाई अफ्रिकी कानूनी परामर्शदाता संगठन (एलाको)को ५७ औं अधिवेशनमा भाग लिन जापान आईपुगेका हुन् ।

मन्त्री ढकाललाई नारिता बिमानस्थलमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणा लगायतले स्वागत गरेका छन् ।

मन्त्री ढकालले जापानमा रहँदा आफ्ना जापानी समकक्षी मन्त्री सहित यहाँ रहेको केही संघसंस्था र नेपाली समुदायसँग पनि भेटघाट गर्ने बताईएको छ । यती बताईरहँदा एउटा भन्नै मन लागेको छ मन्त्री ज्यु बरु सामान्य रुपमै नेपाल फर्कनुहोला भट्टराईले जसरी वा जस्तो भाईरल हुने काम नगरिदिनुहोला ।