(JAPAN) 25 th September | 2018 | Tuesday | 5:00:45 AM
(Nepal) 25 th September | 2018 | Tuesday | 1:45:45 AM
 

२०२० टोकियो ओलम्पिकमा स्वयंसेवी बन्ने हो ? १ लाख स्वयंसेवीको लागि आवेदन खुल्दैछ है !

  POSTED ON : Wednesday, 12 September, 2018 | Views : 455

२०२० टोकियो ओलम्पिकमा स्वयंसेवी बन्ने हो ? १ लाख स्वयंसेवीको लागि आवेदन खुल्दैछ है !

गोकर्ण अधिकारी-टोकियो ।

सन् २०२० को टोकियो ओलम्पिक तथा पारा ओलम्पिक खेल आयोजक र टोकियो महानगरले छिट्टै स्वयंसेवीहरु माग गर्ने भएको छ ।

खेल आयोजक समिति र खेल आयोजक शहरहरुले बुधवार बताए अनुसार उनिहरुले स्वयंसेवीहरुको आवेदन यही सेप्टेम्बर २६ तारिखबाट बुझ्न थाल्ने भएका छन् ।

टोकियो ओलम्पिकमा दुई प्रकारका स्वयंसेवी आवश्यक

जापानी समाचार संस्था एनएचके टेलिभिजनले प्रशारण गरेको रिपोर्ट अनुसार दुई किसिमका स्वयंसेवीहरु माग गर्न लागिएको छ ।

जसमा एक खाले स्वयंसेवीहरु प्रत्यक्ष रुपमा खेल स्थल तथा खेल हुने गाउँ शहरमा खेल आयोजना सफल बनाउन संलग्न हुनेछन् ।

आयोजकले कम्तिमा ८० हजार यस्ता स्वयंसेवीहरु आवश्यक भएको जनाएको छ ।

ओलम्पिक तथा पारा ओलम्पिकमा स्वयंसेवी बन्न चाहनेहरुको आवेदन आयोजक समितिले डिसेम्बर सुरुसम्म स्विकार गर्ने बताएको छ । तर स्वयंसेवी बन्न चाहनेहरुले तोकिएको वेवसाईटमा गएर फर्म भरेर आवेदन दिनुपर्नेछ ।

अन्य प्रकारका स्वयंसेवीहरुमा पर्यटकहरुलाई सूचना उपलब्ध गराउनेहरु छन् । यस्ता स्वयंसेवीहरुले बिमानस्थल, रेल स्टेशन सहित अन्य महत्वपूर्ण स्थानहरुमा रहेर पर्यटक सहित खेल तथा स्थानहरुको नक्साबारे जानकारी दिने काम गर्नेछन् ।

दोस्रो प्रकारका स्वयंसेविहरु २० हजारको संख्यामा आवश्यक भएको टोकियो ओलम्पिक आयोजकहरुले बताएका छन् ।


दोस्रो प्रकारका स्वयंसेविहरुले टोकियो महानगरिय सरकारले तोकेको वेवसाईट, फ्क्यास सहित मेलमा डिसेम्बर ५ तारिखसम्ममा आवेदन दिन सक्ने भएका छन् ।

आयोजकका अनुसार दोस्रो प्रकारको स्वयंसेवीहरु ३० हजार जना आवश्यक रहेकोमा यसअघिनै १० हजार यस्ता स्वयंसेवीहरु आवद्ध भएर काम गरिरहेका छन् ।

आयोजकहरुले उनीहरुलाई उमेर, लिंग सहित फरक राष्ट्रियता भएका स्वयंसेवीहरु आवश्यक रहेको बताएका छन् । फरक राष्ट्रियता भन्नाले जुनसुकै देशका बिदेशी नागरिकहरुले स्वयंसेवीमा आवेदन गर्न सक्ने र विभिन्न देशका स्वयंसेवीहरु भएमा सबै ठाउँको लागि आवश्यकता अनुसार व्यवस्थापन गर्न सहज हुने अपेक्षा आयोजकको छ ।

स्वयंसेवीको लागि आवेदन दिएकाहरुलाई विभिन्न परिक्षा तथा अन्र्तवार्ताहरु लिइनेछ । जसबाट उत्तिर्णहरुलाई आगामी बर्षको अक्टोबर महिनाबाट आयोजकले अभिमुखिकरण तालिम सहित स्वयंसेवीमा परिचालन गर्नेछ ।

आयोजकहरुले टोकियो ओलम्पिक तथा पाराओलम्पिकमा स्वयंसेवीका लागि छनौट हुनेको जापान रहन आवश्यक कागजात व्यवस्थापन गर्नुका साथै उनीहरुलाई सशुल्क स्वयंसेवा खटाउनेछ ।

........

स्वयंसेवीको आवेदन दिन ईच्छुक व्यक्तिहरुले आवेदन खुल्ला भएपछि यसबारेको प्रक्रियाबारे विस्तृत विवरण प्रकाशित गरिने भएकाले जापानसमाचारडटकम फलो गर्दै रहनुहोला । वा यहाँ क्लिक गरेर विस्तृत विवरण लिन सक्नुहुनेछ ।

सम्पादक