(JAPAN) 21 st November | 2018 | Wednesday | 2:20:09 AM
(Nepal) 20 th November | 2018 | Tuesday | 11:05:09 PM
 

जापान सरकारी कोटामा काममा पठाईदिने भन्दै करोड बढी ठगि गर्ने पक्राउ

  POSTED ON : Tuesday, 11 September, 2018 | Views : 563

जापान सरकारी कोटामा काममा पठाईदिने भन्दै करोड बढी ठगि गर्ने पक्राउ

काठमाडौं ।

कृषि सम्बन्धी कामको लागि जापानमा सरकारी कोटामै पठाई दिन्छु भनी ठगी गर्ने एक युवा पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १३ बस्ने ३३ वर्षीय सबिन प्रकाश दनुवार यस्तो अभियोगमा पक्राउ परेका हुन् ।

दनुवारले विमान सेक्यूरिटी एण्ड सर्भिस प्रालिको अध्यक्ष र सञ्चालक हुँ भनेर ढाँट्दै विभिन्न व्यक्तिबाट प्रतिव्यक्ति ७ लाखदेखि १२ लाखसम्म उठाएको पाईएको छ ।

प्रहरीका अनुसार उनले २८ जना भन्दा बढी व्यक्तिहरूबाट १ करोड ३१ लाख ५० हजार रूपैयाँ बढी ठगी गरेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।

दनुवारलाई आइतबार काठमाडौंको बसुन्धराबाट प्रहरीले पक्राउ गरेको हो । दनुवारलाई थप अनुसन्धानको लागि जिल्ला अदालत काठमाडौंमा सोमबार बुझाइएको छ ।

सोही मुद्दामा पीडितहरूको उजुरीको आधारमा नुवाकोट दुप्चेश्वर ७ की हाल जोरपाटी चामुण्डा वस्ने ३३ वर्षीया सरिता गुरूङ र उदयपुर त्रियुगा नगरपालिका ९ घर भई हाल काठमाडौं नेपालटार बस्ने २३ वर्षीय लालमणि दनुवारलाई २०७४ माघ ८ र ९ गते प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

अनुसन्धान पश्चात ठगी मुद्धामा काठमाडौ जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको २०७४ माघ २९ गतेको आदेशले १० लाख धरौटी माग भएकोमा सरिता गुरूङले तिर्न नसकी कारागार चलान भएकी थिइन् । तर लालमणी दनुवार २०७५ जेठ १५ गते १० लाख धरौटी राखी तारेखमा छुटेका थिए । अभियुक्त दनुवार तारिखमा छुटे लगत्तै फरार रहेका थिए ।