(JAPAN) 21 st November | 2018 | Wednesday | 3:10:17 AM
(Nepal) 20 th November | 2018 | Tuesday | 11:55:17 PM
 

जापानमा भूकम्पमा परि मृत्यु हुनेको संख्या ३९ पुग्यो, प्रधानमन्त्री आबे प्रभावित क्षेत्रमा

  POSTED ON : Monday, 10 September, 2018 | Views : 181

जापानमा भूकम्पमा परि मृत्यु हुनेको संख्या ३९ पुग्यो, प्रधानमन्त्री आबे प्रभावित क्षेत्रमा

टोकियो ।

जापानको होक्काइदोमा विनाशकारी भूकम्पमा परि मृत्यु हुनेको संख्या बढेर ३९ पुगेको छ ।

हराएकाहरुको खोजि जारी रहँदा मृत्यु हुनेको संख्या बढेर ३९ पुगेको हो ।

होक्काइदोमा आएको भूकम्पले भत्कीएका घर तथा पहिरोले पूरिएका ठाउँमा खोजिकार्य भईरहँदा आईतबार राती ९ बजे सम्ममा ३९ जना मृत भेटिएको जापानी समाचार संस्था एनएचकेले उल्लेख गरेको छ ।

भूकम्पमा परि ६ सय बढी व्यक्ति घाईते भएको विवरण प्राप्त भएको होक्काईदो प्रिफेक्चरले जनाएको छ ।

भूकम्पबाट सबैभन्दा बढी प्रभावित आत्सुमा नगरवासी भएका छन् । सो क्षेत्रमा व्यापक रुपमा पहिरो गएको छ भने दजनौं घर पहिरोले पुरिएको छ । साथै सयौं घर भूकम्पले काम नलाग्नेगरि भत्किएका छन् ।

आत्मरक्षाबल तथा अग्नि नियन्त्रक सहित प्रहरी एवं होक्काईदो प्रिफेक्चरका विभिन्न क्षेत्रका कर्मचारी सहित १८ सय बढी व्यक्ति खोजी र उद्दारमा सक्रिय छन् ।

स्थानीय सरकारले आईतबार सम्ममा आपतकालिन आश्रय स्थलमा करिव ६ हजार बढी व्यक्ति शरण लिएर बसेको जनाएको छ ।


गत मंगबार बिहान गएको ६.७ रेक्टर स्केलको शक्तिशालि भूकम्पबाट दक्षिणी होक्काइदो क्षेत्र नराम्ररी प्रभावित भएको छ ।

होक्काईदोमा आईतबार सम्ममा अधिकाशं रेल, सडक मार्ग सहित हवाई सेवा सुचारु भएको छ । शनिवार साँझबाट नै अधिकाशं क्षेत्रमा विद्युत् सेवा सुचारु भईसकेको बताईएको छ ।

यसैबिच प्रधानमन्त्री सिन्जो आबेले भूकम्पबाट प्रभावित होक्काइदो क्षेत्रको भ्रमण गरेका छन् ।

प्रधानमन्त्री आवेले खोजी र उद्दारमा भईरहेको कामको निरिक्षणपछि सो क्षेत्रमा स्थिति सामान्य गर्न थप आवश्यक सबै सहयोग गर्ने बचन सहित भूकम्पबाट प्रभावित क्षेत्रको आर्थिक अवस्था सुधारको लागि सबै क्षेत्रमा केन्द्र सरकारले आवश्यक सबै सहयोग गर्ने बचन समेत दिएका छन् ।