(JAPAN) 21 st November | 2018 | Wednesday | 2:36:18 AM
(Nepal) 20 th November | 2018 | Tuesday | 11:21:18 PM
 

जापान होक्काइदो भूकम्पमा मृत्यु हुनेको संख्या बढेर ३५ पुग्यो, दुईदिनमा १३० बढी पराकम्प

  POSTED ON : Sunday, 09 September, 2018 | Views : 159

जापान होक्काइदो भूकम्पमा मृत्यु हुनेको संख्या बढेर ३५ पुग्यो, दुईदिनमा १३० बढी पराकम्प

टोकियो ।

जापानको होक्काइदोमा गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या बढेर ३५ पुगेको छ । अझै ३ जना हराईरहेका छन् ।

होक्काइदो प्रिफेक्चरको दक्षिणी क्षेत्रमा पर्ने आत्सुमा नगरमा भूकम्पले भत्किएका संरचना तथा पहिरोले पुरिएका घरहरु पन्छाउने क्रममा बेपत्ता भएका व्यक्तिहरु मृत भेटिएका हुन् ।

बिहिबार बिहान ३ बजेको समयमा गएको ६.७ रेक्टर स्केलको शक्तिशालि भूकम्पबाट होक्काइदो प्रिफेक्चर नराम्ररी प्रभावित भएको छ ।

भूकम्पपछि बन्द विद्युत् सेवा शनिवार साँझ सम्ममा अधिकाशं ठाउँमा सुचारु भएपनि रेल, बस तथा हवाई सेवाहरु आशिंक मात्र सञ्चालनमा आएका छन् ।

भूकम्पबाट प्रभावित ५६ सय व्यक्तिहरु सरकारले स्थापना गरेको आश्रय स्थलमा बसिरहेका छन् ।

यहाँको मौसम विज्ञान एजेन्सीका अधिकारीहरुले शनिवार साँझ सम्ममा कम्तिमा १ सय ३० पटक भूकम्पको झड्का महसुस गरिएको बताएका छन् ।

हप्तादिन भित्रमा अर्को शक्तिशालि भूकम्प जानसक्ने चेतावनीका कारण प्रभावितहरु अझै सामान्य अवस्थामा फर्कन सकिराखेका छैनन् ।

मेटोरोलोजिकल एजेन्सीका अधिकारीहरुले अर्को शक्तिशालि पराकम्प जाने सम्भावना रहेको भन्दै सचेत र सजक रहन चेतावनी जारि गरेका छन् ।