(JAPAN) 21 st November | 2018 | Wednesday | 3:02:20 AM
(Nepal) 20 th November | 2018 | Tuesday | 11:47:20 PM
 

शक्तिशाली भूकम्पपछि तोमारि परमाणु उर्जा केन्द्र बन्द तर सुरक्षित

  POSTED ON : Friday, 07 September, 2018 | Views : 244

शक्तिशाली भूकम्पपछि तोमारि परमाणु उर्जा केन्द्र बन्द तर सुरक्षित

टोकियो ।

होक्काइदो क्षेत्रमा विद्युत आपुर्ति गर्दै आएको तोमारि परमाणु केन्द्र बिहिबार बिहानको ७ रेक्टर स्केलको शक्तिशालि भूकम्पपछि बन्द रहेपनि सुरक्षित रहेको अधिकारीहरुले बताएका छन् ।

बिद्युत् आपुर्ति बन्द भएपछि परमाणु बिद्युत् उत्पादन केन्द्रमा क्षति पुगेको हुनसक्ने आशंका भईरहँदा यसका अधिकारीहरुले बिजुली घर सुरक्षित रहेको तर सम्पूर्ण परिक्षण गरेर मात्र नियमीत विद्युत उत्पादन थाल्ने बताएका छन् ।

क्योदो समाचार संस्थाका अनुसार परमाणु विद्युत केन्द्रमा बाहिरबाट आपुर्ति हुने विद्युत् भूकम्पका कारण बन्द भएपछि आन्तरिक विद्युत्बाटै सबै चेकजाँच भईरहेको छ ।

फुकुशिमा परमाणुकेन्द्रबाट उत्पादन हुने विद्युत् सन् २०११ मा आएको शक्तिशालि भूकम्पमा बन्द भएपछि पहिलो पटक होक्काइदोको परमाणु केन्द्र बन्द हुन पुगेको एनएचके टेलिभिजनले उल्लेख गरेको छ ।

फुकुशिमा परमाणु केन्द्रमा भूकम्पपछिको सुनामिले असर पारेपछि ३ वटा रिएक्टर सन् २०१२ सम्म बन्द भएको थियो ।