(Japan) 8 th March | 2021 | Monday | 11:54:33 AM || (Nepal) 8:39:33 AM
 
 


Japansamachar COVID-19 (Coronavirus) World Live Update


Country Confirmed Today Cases Death Today Death Recovered Critical
No Record Found !
More

ओसाका सहित ३ प्रिफेक्चर आपतकाल हटाउन तयार

  POSTED ON : Monday, 22 February, 2021 | Views : 390

ओसाका सहित ३ प्रिफेक्चर आपतकाल हटाउन तयार


ओसाका, जापान ।

ओसाका प्रिफेक्चरल सरकारले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न आफ्नो प्रिफेक्चरमा लगाएको आपतकाल हटाउन केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

छिमेकी क्योतो र ह्योगो प्रिफेक्चरका समकक्षीहरुसँग सल्लाहपछि यस योजनालाई अन्तिम रुप दिइने ओसाकाका गभर्नर हिरोफुमी योशिमुराले शुक्रवार बताए । आपतकाल यही महीनाको अन्त्यतिर हटाइदिन अनुरोध गरिनेछ ।

ओसाका सरकारले सात दिने औसत नयाँ संक्रमितको संख्या लगातार सात दिनसम्म ३०० वा सो भन्दा कम भयो वा अस्पतालमा गम्भीर प्रकृतिका कोभिड–१९ बिरामीका लागि अस्पतालमा शैयाको उपलब्धता लगातार ७ दिनसम्म ६० प्रतिशतभन्दा तल आयो भने आपतकाल रद्द गर्ने अनुरोध गर्ने निर्णय यस अघि नै गरिसकेको थियो । दैनिक संक्रमितको संख्या लक्षित स्तरमा आइसकेको छ भने बेड अकुपेन्सी पनि शुक्रवारसम्म ४८ प्रतिशतमा आएको छ । यसमा थप कमी आउने अपेक्षा गरिएको छ ।

आफ्नो प्रिफेक्चरमा आपतकाल हट्यो नै भने पनि स्थानीय रेस्टुरेन्ट र बारहरुलाई सञ्चालन अवधि कम गर्ने अनुरोध पूर्ण रुपमा नहटाउने योशिमुराको भनाइ छ । ओसाका शहरमा रेस्टुरेन्ट र बारहरुलाई साँझ ९ बजेसम्म बन्द गरिसक्न अनुरोध गर्ने योजना प्रिफेक्चरल सरकारको छ । यो अहिले अनुरोध गरिएको भन्दा एक घन्टा ढिला हो ।

ओसाका, क्योतो र ह्योगोमा आपतकाल हटाउने कि नहटाउने भन्नेबारे यी प्रिफेक्चरका सरकार र विज्ञहरुसँग आगामी हप्ता वा त्यसपछि छलफल गरेपछि मात्रै गर्ने पत्रकार सम्मेलनमा शुक्रवार कोभिड महामारी नियन्त्रणको जिम्मा पाएका मन्त्री यासुतोशी निशिमुराले बताए ।

केन्द्र सरकारले जनवरीको शुरुमा टोकियो समेत आसपासका तीन प्रिफेक्चरमा आपतकाल लगाएको थियो । सो आपतकाल पछि अन्य ७ प्रिफेक्चरमा विस्तार गरियो । तर प्रधानमन्त्री योशिहिदे सुगाले फेब्रुवरी ७ मा सकिने आपतकाल थप एक महीना लम्ब्याए । आपतकाल हाल मार्च ७ तारिखसम्म घोषणा गरिएको छ ।