(JAPAN) 21 st November | 2018 | Wednesday | 2:36:50 AM
(Nepal) 20 th November | 2018 | Tuesday | 11:21:50 PM
 

अब जापानी रेष्टुरेण्ट र उद्योगले पनि बिदेशी कामदार ल्याउन र राख्न पाउने !

  POSTED ON : Thursday, 26 July, 2018 | Views : 46220

अब जापानी रेष्टुरेण्ट र उद्योगले पनि बिदेशी कामदार ल्याउन र राख्न पाउने !

गोकर्ण अधिकारी-टोकियो ।

जापानी प्रधानमन्त्री सिन्जो आबेले आगामी जापानी रेष्टुरेण्ट सहित उत्पादनमुलक उद्योगले पनि बिदेशी कामदार मगाउन वा राख्न पाउने कानुन निर्माण गर्न अनुमति दिएका छन् ।

बिदेशी कामदार सम्वन्धि बृहत योजना अघि सार्दै प्रधानमन्त्री आवेले यस्तो निर्देशन दिएका हुन् ।

आबे सरकारले नर्सिगं, कृषि, होटल, निर्माण र जहाँज निर्माण क्षेत्र गरि पाँच क्षेत्रमा बिदेशी कामदार मगाउन पाउने योजना कार्यान्वयन अघि बढाइसकेको छ ।

त्यसलाई विस्तार गर्दै उत्पादनमुलक उद्योग, सबैखाले रेष्टुरेण्ट सहित मत्स्य उद्योगमा बिदेशबाट कामदार मगाउन पाईने कानुन निर्माण गर्न प्रधानमन्त्री आवेले मातहतका मन्त्रालयलाई निर्देशन दिएका छन् ।

क्योदो समाचार संस्थाका अनुसार मंगलबार प्रधानमन्त्री आवेले आगामी अप्रिल महिनाबाट बिदेशी कामदार मगाउन सकिनेगरि गम्भिर भएर प्रक्रिया अघि बढाउन न्याय मन्त्रालयलाई निर्देशन दिएका छन् ।

प्रक्रिया छिटो अघि बढाउन गृह मन्त्रालय सहित सम्वन्धित निकायका अधिकारीहरु सम्मिलीत समिति बनाउन समेत प्रधानमन्त्री आवेले न्याय मन्त्रालयलाई अनुमति दिएका छन् ।

जापानी उद्योगहरुले कामदार अभावको मार खेपिरहेको र यो बढ्दो क्रममा रहेका खवर सार्वजनिक भइरहँदा मन्त्रालयका सदस्यहरुलाई तत्काल दक्ष कामदार ल्याउन सकिने र अन्य क्षेत्रमा तोकिएको प्रावधानभित्र रहेर छिटो कामदार ल्याउन र राख्न सकिनेगरि कानुन निर्माण प्रक्रियालाई तिब्रता दिन निर्देशन दिएका छन् ।

गत महिना मात्र बिदेशी कामदार ल्याउने विषयको योजनालाई अनुमति दिएको आबे सरकारले न्याय मन्त्रालयलाई नयाँ विषयहरु थपेर कानुन निर्माण अघि बढाउन भनेको छ ।

'जापानमा बिदेशी कामदारलाई रहिरहने बातावरण बनाउन कामदार मैत्री वातावरण निर्माण बनाउनु आवश्यक छ' आबेले मंगलबारको मन्त्रीहरुसँगको छलफलमा भनेका छन् ।

बिदेशी कामदार मैत्री वातावरण निर्माण गर्न पाँच बर्षे भिषा प्रणाली लागु गर्ने निर्णय गरिसकेको आबे सरकारले यसरी आउने कामदारहरुले आफ्ना परिवारका सदस्य भने ल्याउन नपाउने बताईसकेको छ ।

प्रधानमन्त्री आवे आगामी अप्रिल महिना अघि नै विदेशी कामदार सम्वन्धि नयाँ नियम स्विकृति दिने योजनामा छन् ।

आवेले मन्त्रीहरुलाई जापानमा बिदेशी कामदारहरु हेर्ने एक नयाँ प्रशासनिक निकाय स्थापना गर्ने बारेमा विचार गर्न समेत निर्देशन दिएका छन् ।

यस्तो निकायले जापानमा रहने बिदेशीहरुलाई जापानी भाषाको ज्ञान बढाउन सहयोग गनुका साथै बिदेशी भाषाहरु सम्वन्धि परामर्श सेवा समेत प्रदान गर्ने ठानिएको छ ।