(Japan) 28 th March | 2024 | Thursday | 4:55:52 PM || (Nepal) 1:40:52 PM
 
 


जापानी प्रहरी अधिकारी ६ स्कुले किशोरी सहित १६० बढीसँग अनैतिक सम्बन्धमा पाइएपछी बर्खास्त

Sangita Bhatta   POSTED ON : Saturday, 19 September, 2020 | Views : 11420

जापानी प्रहरी अधिकारी ६ स्कुले किशोरी सहित १६० बढीसँग अनैतिक सम्बन्धमा पाइएपछी बर्खास्त


ओसाका, जापान ।

ओसाका प्रहरिका एक अधिकारीले यौन संपर्कका लागि स्कूले किशोरिलाई पैसा तिर्नेगरेको पाइएको छ ।

ओसाका प्रान्त प्रहरीले बिहीबार अनुसन्धान गर्ने क्रममा स्रोतहरूबाट प्राप्त प्रमाणमा ति प्रहरी अधिकारीले कम्तिमा ६ जना स्कुले किशोरिलाई पैसा तिरेर यौन संपर्क राखेको पाइएको बताएको छ ।

गत डिसेम्बर र अप्रिलको बीचमा संस्कृति बिभागका प्रमुख ५२ बर्षिय ताकाहितो हाशिमोतोले अनैतिक मानिने अश्‍लील हर्कत गरेर ति स्कुले किशोरिहरुलाई प्रतिब्यक्ती एकपटकको १५००० हजार देखी २०००० जापानी येन दिने गरेका थिए ।

६ जना किशोरिहरु मध्य वा उच्च विद्यालयमा अध्ययनरत रहेका थिए ।

हाशिमोतोले तिनीहरूलाई सामाजिक नेटवर्किङ साइट मार्फत भेटेको बताएका छन ।

उनले आफ्नो स्मार्टफोनमा एउटी केटीसँग अश्लिल गतिबिधीको भिडियो खिचेको समेत पाइएको बताइएको छ ।

जुन र जुलाईमा पुलिसले बालबालिका विरोधी वेश्यावृत्ति र अश्‍लील सामग्री कानूनको उल्लंघन गरेको आरोपमा हाशिमोतोलाई तीन पटक पक्राउ गरेको थियो ।

हाशिमोतोलाई बिहीबार अभियोजकको लागि पठाइएको छ ।  उनले आरोपहरुलाई स्वीकारेको बताइन्छ ।

हाशिमोतोले धेरै वर्षदेखि सामाजिक सञ्जाल सेवा मार्फत केही वयस्क महिलाहरू सहित करीव ३ सय त्यस्ता गतिबिधीमा संलग्न व्यक्तिसँग कुराकानी गरेको पाइएको प्रहरिले अनुसन्धानका क्रममा भेटेको छ ।

तिनीहरू मध्ये धेरै ओसाका, ह्योगो र क्योतो प्रान्तका रहेका छन । त्यस मध्ये हाशिमोतोले १६० जना यौन कृयाकलापमा संलग्न हुनेगरेका युवतीहरुलाई भेटेको बताइन्छ ।

यसै महिनाको सुरुवातमा पदबाट बर्खास्त गरिएका हासिमोतोले उनिहरुसँग समय बिताउन पैसा तिर्नेगरेको प्रहरीले बताएको छ ।

...             

-सान्केई शिम्बुन