(JAPAN) 18 th July | 2018 | Wednesday | 9:10:01 AM
(Nepal) 18 th July | 2018 | Wednesday | 5:54:36 AM
 

जापानको बाढी पहिरोबाट सबै नेपाली सुरक्षित, मृत्यु हुनेको संख्या २ सय नाघ्यो

  POSTED ON : Thursday, 12 July, 2018 | Views : 2717

जापानको बाढी पहिरोबाट सबै नेपाली सुरक्षित, मृत्यु हुनेको संख्या २ सय नाघ्यो

गोकर्ण अधिकारी-टोकियो ।

जापानमा बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या २ सय नाघेको दुखद खवर आईरहँदा प्रभावित क्षेत्रमा रहेका नेपालीहरु भने सुरक्षित रहेको गैर आवासिय नेपाली संघ जापानले जनाएको छ ।

बिहिबार अपरान्ह ५ बजेसम्ममा मृत्यु हुनेको संख्या २ सय नाघेको छ भने ६० जना अझै हराईरहेका छन् ।

जापानी समाचार संस्था जापानटाईम्सका अनुसार केही मुख्य सडक क्षेत्र पहिरोले बगाउनुका साथै २७ स्थानमा रेलमार्गमा क्षति पुगेका कारण प्रभावित क्षेत्रमा राहत पुर्याउन कठिनाई पुगेको छ ।

गर्मीको समयमा उच्च पानीको माग भईरहँदा खानेपानिकै अभाव झेल्नुपरेकाले स्वस्थ खाद्यान्न तथा पानीको अभावमा झाडा पखाला जन्य रोग लाग्नसक्ने भन्दै अधिकारीहरुले सचेततापूर्वक काम गरिरहेको बताएका छन् ।

जापानको हिरोसिमा क्षेत्रमा सबैभन्दा बढी असर पारेको बाढी पहिरोबाट ८ बढी प्रान्त नराम्ररी प्रभावित भएका छन् ।

करिव ३ लाख घर क्षतिग्रस्त तथा अर्बौंको क्षति पुर्याएको बाढी पहिरोबाट अहिलेसम्म कोही पनि नेपालीलाई गम्भिर समस्या परेको खवर नपाएको एनआरएनए जापानले जनाएको छ ।

प्रवक्ता पर्शुराम बस्नेतको नाममा जारि प्रेस विज्ञप्तिमा एनआरएनए जापानले आफुहरु प्रभावित क्षेत्रमा रहेका क्षेत्रिय संघका पदाधिकारी सहित विभिन्न निकायहरुसँग सम्पर्कमा रहेको भन्दै अहिलेसम्म कोही पनि नेपाली समस्यामा नपरेकोले सो क्षेत्रमा रहेका व्यक्तिका परिवार तथा आफन्तजनले चिन्ता लिनुपर्ने अवस्था नरहेको जनाएको छ ।

जापानमा सुनामीको झल्को दिने बिपत्तिमा १७५ को मृत्यु-८७ बेपत्ता, आबे पुगे पिडितलाई भेट्न (भिडियो सहित)