(JAPAN) 18 th July | 2018 | Wednesday | 9:10:52 AM
(Nepal) 18 th July | 2018 | Wednesday | 5:55:27 AM
 

जापान नेपाल फेष्टिवलमा नेपाल आईडल कन्सर्ट हुने, स्टल बुकिङ खुल्ला (भिडियो सहित)

  POSTED ON : Thursday, 12 July, 2018 | Views : 407

जापान नेपाल फेष्टिवलमा नेपाल आईडल कन्सर्ट हुने, स्टल बुकिङ खुल्ला (भिडियो सहित)

टोकियो ।

नेपाल आईडलको कन्सर्ट, नेपाल बारे प्रचार प्रसारको केही नयाँ शैली सहित आयोजना गर्न लागिएको ११ औं नेपाल फेस्टिबलको लागि आयोजक एनआरएनए जापानले स्टल बुकिङ खुल्ला गरेको छ ।


फेस्टिवल उत्सव संगै नेपाल आईडलको प्रस्तुती हेर्ने अवसर 

पहिलो पटक नेपालमा आयोजना गरिएको सांगितिक प्रतिस्पर्धा कार्यक्रम नेपाल आईडलका बिजेता सहित अन्तिम तीनजना प्रतिस्पर्धीले फेस्टिवलमा आफ्नो सांगितिक प्रस्तुती देखाउने भएका छन् ।

नेपाल आईडलका बिजेता बुद्ध लामा सहित निसान भट्टराई र प्रकाश दासले फेस्टिवलमा सांगितिक प्रस्तुती देखाउने भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

फेस्टिवल हुने दिनमा कन्सर्ट समेत पारेर व्यवस्थापन तथा अन्य प्रक्रिया अघि बढाईएको साथै फेस्टिवलमा नेपाल सरकारको तर्फबाट मन्त्री स्तरिय सहभागीताको लागि पहल भईरहेको आयोजकले जनाएको छ ।

स्टल बुकिङ खुल्ला, पहिलो आवेदकलाई प्राथमिकता

आगामी अगष्ट २५ र २६ तारिकमा टोकियो कोमाजावा ओलम्पिक पार्कमा आयोजना हुन लागेको फेस्टिवलमा सहभागिता जनाउन ईच्छुक कम्पनी तथा संघसस्थाहरुका लागि बुधवारबाट स्टल बुकिङ खुल्ला गरिएको छ ।

जापानमा नेपालको कला, संस्कृति प्रवद्र्धन सहित नेपालीहरुबिच एकता र भाईचार अभिवृद्धि गर्ने पर्वको रुपमा लिईंदै आएको फेस्टिवललाई भव्य र सभ्य बनाउन सबै संघसंस्था तथा निकायहरुसँग सहकार्य गरेर काम गरिरहेको संघका अध्यक्ष टासी वाङदी लामाले सो अवसरमा जानकारी दिए ।

फेस्टिवल तयारी र स्टल बुकिङ खुल्ला बारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा आयोजक एनआरएनए जापानका उपाध्यक्ष तथा फेस्टिवल संयोजक देविलाल भण्डारीले ११ औँ सस्करणको नेपाल फेष्टिवलका लागि व्यवसायीक कम्पनी तथा खानाका स्टल राख्न ईच्छुक कम्पनीहरुलाई आफनो स्थान सुरक्षित राख्न अपिल गरेका छन् ।

स्टलको लागि व्यवसायीक कम्पनी तर्फ २५ नेपाली खानाका २० वटा स्टल मात्र रहेकाले सुरुमा बुकिगं गराउनेहरुलाई प्राथमिकता दिएर स्टल उपलब्ध गराईने भण्डारीले बताए ।

प्रवक्ता पशुराम बस्नेतका अनुसार गैरआवासीय नेपाली संघ एनआरएनए जापानको टोकियो ओकुबोमा रहेको कार्यालयमा अपरान्ह दुई बजेदेखि पाँच बजेभित्रमा उपस्थित भएर स्टल बुकिङ गराउन सकिने छ ।