(JAPAN) 25 th September | 2018 | Tuesday | 4:47:54 AM
(Nepal) 25 th September | 2018 | Tuesday | 1:32:54 AM
 

जापान पढ्न र कमाउन पठाएका भाईको नेपालदेखी आएर दाजु दाहसंस्कार गरेर अस्तु लिएर फर्कंदै

  POSTED ON : Thursday, 05 July, 2018 | Views : 9546

जापान पढ्न र कमाउन पठाएका भाईको नेपालदेखी आएर दाजु दाहसंस्कार गरेर अस्तु लिएर फर्कंदै

गुन्माकेन ।

सुतेकै अवस्थामा जापानको गुन्माकेनमा दुई साता अघि निधन भएका सिन्धुपाल्चोकका सुरज थापाको आफ्नै दाजुको उपस्थितिमा दाहसंस्कार सम्पन्न भएको छ ।

सिन्धुपाल्चोक जिल्ला घर भई जापानको गुन्माकेन बस्दै आएका सुरज थापाको जुन २३ तारिखमा निधन भएको थियो ।

उनको आकस्मिक हृदयघात भएर निधन भएको ठानिएपनि चिकित्सकको रिपोर्ट आउन बाँकी रहेको छ ।

गुन्मा इसेसाकी सी प्रहरी मुख्यालयमा राखिएको सुरजको शवलाई बिहिबार उनका दाजु श्याम कुमार थापाले बुझेका थिए । शव बुझेपछि इसेसाकी सेईएनमा लगेर बिहिबारनै दाहसंस्कार गरिएको हो ।


सुरजको शवको दाहसंस्कार गरेर अस्तु नेपालमा लगेर परम्परागत धार्मिक विधि अनुसार अन्तिम संस्कार गरिने मृतक सुरजका दाजु श्याम कुमार थापाले बताए ।

तीनदिन अघि आफ्नो भाईको दाहसंस्कार गर्न जापान आइपुगेका थापा आउने आईतबार नेपाल फर्कंदैछन् ।


दाहसंस्कारमा सिन्धुपाल्चोक समाज जापानका अध्यक्ष रामकृष्ण भण्डारी सहित संस्थामा आवद्ध केही व्यक्ति तथा मृतक सुरजका साथिभाई, उनले अध्ययन गरेको विद्यालयका शिक्षक तथा कम्पनीका मालिक र सुरज थापाको दाहसंस्कारको लागि सबै प्रक्रियामा सहयोग गरेको नेपाली साझा समाज जापानका अध्यक्ष बुद्धि शेरचन लगायत संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


नेपाली साझा समाज जापानका अध्यक्ष शेरचनले दाहसंस्कारमा सहभागी संघसंस्थाका प्रतिनिधि सहित सबैमा धन्यवाद व्यक्त गर्दै दाहसंस्कारको लागि उठाएको रकमको विवरण आउन बाँकी रहेको भन्दै एकदुई दिन भित्रमा सम्पूर्ण विवरण सार्वजनिक गर्ने जापानसमाचारडटकमलाई जानकारी दिनुभयो ।

गुन्माकेनमा भाई सुरजको दाहसंस्कार गर्न दाजु नेपालबाट आईपुगे, मंगलबार दाहसंस्कार गरिंदै