(JAPAN) 18 th July | 2018 | Wednesday | 8:34:57 AM
(Nepal) 18 th July | 2018 | Wednesday | 5:19:32 AM
 

नेपालको बिकास र पर्यटनमा योगदान दिएका पाँच जापानी सहित निर्देशक अधिकारी सम्मानित (भिडियो सहित)

  POSTED ON : Monday, 02 July, 2018 | Views : 1153

नेपालको बिकास र पर्यटनमा योगदान दिएका पाँच जापानी सहित निर्देशक अधिकारी सम्मानित (भिडियो सहित)

टोकियो ।

नेपालको विकास तथा भाषा, संस्कृति एवं पर्यटन प्रचारमा योगदान दिएका पाँचजना जापानी नागरिकहरुको एक कार्यक्रमका बिच जापानको राजधानी टोकियोमा भव्य सम्मान गरिएको छ ।

नेपाल जापान बिजनेश काउन्सिल, नेपाल चलचित्र निर्माता संघ र साईनो इन्टरटेन्टमेन्टको संयुक्त आयोजनामा “जापानमा नेपालको पर्यटन प्रवद्र्धन” मा टेवा पुर्याउने उद्देश्यले नेपालको पर्यटन क्षेत्रलाई विश्व सामु चिनाउन योगदान गर्नुभएका जापननिज नागरिकहरुलाई जुलाई १ तारिखका दिन सम्मान गरिएको हो ।

कार्यक्रम नेपालि राष्ट्रीय गानबाट सुरुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारिले कार्यक्रमलाई संम्बोधन गर्नुहुदै दुईदेश विचको सम्वन्धमा थप आयाम थप्न यस कार्यक्रमले सहयोग पुग्ने भन्दै यस्ता महत्वपुर्ण कार्यक्रम गर्दै जानेहो भने नेपाल जापानको सम्वन्ध थप मजबुद हुने र यसले पर्यटन पर्वदनमा टेवा पुग्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सम्मान गरिएका ५ जना जापानी नागरिकहरुले सम्मान ग्रहण गर्दै नेपाल प्रतिको स्मरण गर्दै सबै नेपालीहरु र आयोजकलाई हृदय देखि धन्यवाद व्यक्त गर्नुभयो ।


यसैगरि अर्का सम्मानित हुने व्यक्तिमा जापानी प्रधानमन्त्री मोरि को पहिलो नेपाल भ्रमणका समयमा सन् २००० मा महत्वपूर्ण भूमिका निभाउनुभएका नोजु हारुहितो जसले दुईवदेश बिचमा भाषा र संस्कृतिको प्रचार प्रसारमा योगदान गर्दै आउनुभएको छ ।

साथै आयोजकले कलाकार तथा चलचित्र निर्देशक एवं नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारिलाई पनि नेपाली चलचित्र क्षेत्रको गुणस्तर प्रविधि  विकास र चलचित्र प्रवद्र्धनमा लामो समय देखी पुर्‍याउनु भएको योगदानको उच्च मुल्याङ्कन र कदर गर्दै सम्मान गरेको थियो ।

कार्यक्रमको संयोजन सुजन पन्तले गर्नुभएको थियो भने सह संयोजक दीपेन्द्र पौडेलले शुभकामना संन्देश व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल जापान बिजनेस काउन्सिलका भाईस चेयरमेन हिराकावा मसाइचिले कार्यक्रमको पृष्ठभूमिको बारेमा प्रकाश पार्नुभएको थियो ।

यस कार्यक्रमको संचालन जापनिज नागरिक मिमोए वातानावेले गर्नु भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिमा नेपालबाट जापान आउनु भएका नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारि, विशेष अतिथिमा ऐनआरएनए ग्लोवल युथ फोरमका संयोजक सुदन थापा, सुरेश केसि लगायत जापानका सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि र नेपाली तथा जापानी नागरिकहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा स्वेता खड्काद्धारा निर्मित चलचित्र कान्छीको प्रदर्शन समेत गरिएको थियो ।