(JAPAN) 19 th December | 2018 | Wednesday | 1:48:53 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 10:33:53 PM
 

गुन्माकेनमा भाई सुरजको दाहसंस्कार गर्न दाजु नेपालबाट आईपुगे, मंगलबार दाहसंस्कार गरिंदै

  POSTED ON : Sunday, 01 July, 2018 | Views : 4301

गुन्माकेनमा भाई सुरजको दाहसंस्कार गर्न दाजु नेपालबाट आईपुगे, मंगलबार दाहसंस्कार गरिंदै

टोकियो ।

सुतिराखेकै अवस्थामा निधन भएका सुरज थापाको दाह संस्कार गर्न उनका दाजु नेपालबाट जापान आईपुगेका छन् ।

प्रहरी र चिकित्सकहरुको प्रारम्भिक अनुमान अनुसार आकस्मिक हृदघातका कारण निधन भएको ठानिएका सिन्धुपाल्चोक घर भएका थापाको यही मंगलबार गुन्माकेनको इसेसाकि सेइएनमा दाहसंस्कार गरिने भएको छ ।

मस्तिष्क तथा शरिर भित्रको सुन्निएको केही भाग गुन्मा युनिभर्सीटि अस्पतालमा अनुसन्धानको लागि लगिएपनि रिपोर्ट आईनसकेको नेपाली साझा समाज जापानका अध्यक्ष बुद्धि शेरचनले जापानसमाचारडटकमलाई जानकारी दिनुभयो ।

प्रहरी अनुसन्धान, शव पोष्टमार्टम देखी सबै कानुनी प्रक्रिया र दाहसंस्कारको लागि नेपाली साझा समाज जापानले विभिन्न संघसंस्था र नेपाली राजदूतावासँगको सहकार्यमा काम गरिरहेको छ ।

समाजकै पहलमा मृतकका दाजु श्याम कुमार थापा आज आईतबार जापान आइपुगेको र बाँकी प्रक्रिया पुरा गरेर मंगलबार दाह संस्कार गरिन लागिएको समाजका अध्यक्ष शेरचनले बताउनुभयो ।

'हामीले नेपाली साझा समाजकै नाममा सबै कागजात बनाएर तीन दिनअघि नेपाल पठाएका थियौं त्यही दिन भिषाको लागि एप्लाई गर्नुभएछ भोली पल्ट भिषा लिन बोलाएपछि हिजोकै आकस्मिक टिकट काटेर उहाँको दाजु आज जापान आइपुग्नुभएको छ' शेरचनले भन्नुभयो -'दाहसंस्कार तथा पोष्टमार्टम लगायत खर्च र मृतक थापाको दाजुको नेपालबाट आउँदा जाँदाको खर्च मात्र भनेपनि पुगोस् भन्ने भएर सबैतिरबाट आर्थिक सहयोगको अनुरोध गरेका छौं तर प्रतिवद्धता धेरैबाट आएपनि अहिलेसम्म दुईवटा संस्थाले र केही व्यक्तिले मात्र हामीलाई सहयोग रकम पठाउनुभएको छ । आशा छ सबैले यो सामाजिक कामको लागि भोलीसम्ममा खातामा रकम जम्मा गरिदिनुहुनेछ ।'

सिन्धुपाल्चोक समाजले पनि आर्थिक संकलन गरिरहेकाले सबै विवरण सम्भव भएसम्म पर्सीसम्ममा सार्वजनिक गर्ने शेरचनले जानकारी दिनुभयो ।

जुन २३ तारिख गुन्माको इसेसाकी सी मा आफ्नै कोठामा सुतिराखेको अवस्थामा सुरज मृत अवस्थामा भेटिएका थिए ।

पर्सी अर्थात् जुलाई ३ तारिख मंगलबारको दिन अपरान्ह १२ : ३० बजे हुन लागेको दाहसंस्कारमा सहभागी भएर नेपालदेखी आफ्नो भाईको दाहसंस्कार गर्न आइपुग्नुभएका उनका दाजुको पिडामा साथ र सहयोग गर्न नेपाली साझा समाज जापानका अध्यक्ष बुद्धि शेरचनले जापानवासी सम्पूर्ण नेपाली दाजुभाईमा अनुरोध समेत गर्नुभएको छ ।

दाहसंस्कार गरिने स्थान

स्थान:-いせさき聖苑 (isesaki seien)

3553, Hashiemachi

Isesaki, Gunma

Japan 372-0001

Tel.0270-21-0500

श्रद्दाञ्जली एबम् दाहा सँस्कार :- ३ तारिख मंगलबार दिनको १२.३०बजे बाट

नेपाली साझा समाज,जापान परिवार