(JAPAN) 19 th June | 2018 | Tuesday | 12:15:00 PM
(Nepal) 19 th June | 2018 | Tuesday | 8:59:35 AM
 

अब जापानमा रेलभित्र यात्रुको सुरक्षाको लागि कडा सुरक्षा नियम !

  POSTED ON : Wednesday, 13 June, 2018 | Views : 4681

अब जापानमा रेलभित्र यात्रुको सुरक्षाको लागि कडा सुरक्षा नियम !

ज्याक खड्का-टोकियो ।

जापानमा रेलमा यात्रारत यात्रुहरुको सुरक्षाको लागि सरकारले नयाँ सुरक्षा उपाय अपनाउने भएको छ ।

गत शनिवार गुडिरहेको रेलमा चक्कुधारी व्यक्तिले एकको हत्या र दुई व्यक्तिलाई घाईते बनाएपछि परिवहन मन्त्रालयले विशेषगरि बुलेट ट्रेनको सुरक्षा व्यवस्थामा कडाई गर्ने तयारी गरेको हो ।

२२ बर्षिय एक पुरुषले रेलमा यात्रारत यात्रुमाथि अन्धाधुन्ध चक्कु प्रहार गर्दा एकको मृत्यु र दुईजना घाईते भएपछि मन्त्रालयले रेल कम्पनीहरुलाई सुरक्षा व्यवस्था कडा बनाउन आग्रह गरेको छ ।

जापानमा गुडिरहेको रेलभित्रै अन्धाधुन्ध छुरा प्रहार, एकको मृत्यु-दुई जना घाईते

परिवहन मन्त्री केइइचि इशिइले मंगलबार संवाददाताहरुसँगको कुराकानीमा जुन २०१५ मा शिन्कानसेनमा एक यात्रुले आफैंलाई आगो लगाएपछि सुरक्षालाई मध्यनजर गर्दै सिसि क्यामरा जडान गरिएको भन्दै नयाँ घटनापछि थप सुरक्षा व्यवस्था महसुस गरिएको बताएका छन् ।

उक्त घटनामा एक पुरुषले गुडिरहेको रेलभित्र आफुलाई आगो लगाउँदा उनि सहित अर्का एक महीलाको पनि निधन हुन पुगेको थियो ।

परिवहन मन्त्री इशिइले शनिवार भएको चक्कु आक्रमणको घटनालाई सरकारले गम्भीरतापूर्वक हेरिरहेको बताएका छन् । उनले रेलमा यात्रारत यात्रुहरुको सुरक्षाको लागि सरकारले नयाँ कदम चाल्न लागिरहेको बताएपनि त्यस्तो उपायहरुको बारेमा भने केही बताएनन् ।

मन्त्री इशिइले आफ्नो मन्त्रालयले सन् २०२० मा आयोजना हुने टोक्यो ओलम्पिक तथा प्यारा ओलम्पिकको तयारीका लागि नयाँ सुरक्षा उपाय तयार पारिरहेको जानकारी दिंदै छिट्टै यसमा कदम चालिने बताएका छन् ।