(JAPAN) 17 th October | 2018 | Wednesday | 4:02:39 PM
(Nepal) 17 th October | 2018 | Wednesday | 12:47:39 PM
 

नारिता एयरपोर्टमा अबदेखी पासपोर्ट र अनुहार मेसिनले जाँच्ने, मिले 'ईन्ट्री' नमिले 'नो इन्ट्री'

  POSTED ON : Saturday, 09 June, 2018 | Views : 7793

नारिता एयरपोर्टमा अबदेखी पासपोर्ट र अनुहार मेसिनले जाँच्ने, मिले 'ईन्ट्री' नमिले 'नो इन्ट्री'

टोकियो ।

प्रविधि आविस्कार र प्रयोगमा अब्बल जापानले पहिलो पटक बिमानस्थलमा पासपोर्ट चेकजाँच र व्यक्ति पत्ता लगाउने मेसिन जडान गरेको छ ।

जापानको अति व्यस्त मध्येको एक नारिता अन्र्तराष्ट्रिय बिमानस्थलमा सोमबारबाट यस्तो अत्याधुनिक मेसिन प्रयोगमा ल्याएको हो ।

जापान आउने बिदेशी नागरिकहरुको पासपोर्ट हेरेर पासपोर्ट बाहक व्यक्तिको अनुहार जुधाएर चेकजाँच गर्ने यो मेसिनले पासपोर्ट अनुसार व्यक्तिको अनुहार मिले जापान प्रवेशको लागि ढोका खोल्नेछ । तर फरक पर्न गएका भने ढोका खुल्ने छैन ।

कम समयमा धेरै व्यक्तिको चेकजाँच गर्न तथा कम व्यक्ति बसेर पनि धेरै काम गर्न सकिने बनाउन यस्तो प्रविधि प्रयोगमा ल्याइएको आप्रवासन व्युरोले जनाएको छ ।

उसका अनुसार यसअघि ६ जनाले सम्हाल्ने काम अब मेसिन राखेपछि एकजना व्यक्तिले सम्हाल्नेछन् ।

समस्या परेको ठाउँमा मात्र हेर्नेगरि ६ जना बराबर मेसिन राखेपछि एकजना कर्मचारी खटिने बताइएको छ ।

मेसिनले पासपोर्टमा रहेको फोटो र बाहक व्यक्तिको फोटो जुधाएर चेक गर्नेछ दुवै मिलेमा ढोका आफैं खुल्नेछ र जापान प्रवेश अनुमति पाउनेछ ।

आप्रवासन व्युरोले यही सोमबारबाट प्रयोगमा ल्याएपनि शुक्रबार मात्र पत्रकारहरु डाकेर नयाँ मेसिन प्रयोगबारेको विवरण सार्वजनिक गरेको हो ।

यसरी राखिएको मेसिन हालको लागि बिदेशी नागरिकहरुको लागि मात्र प्रयोग गरिनेछ । जापानी नागरिकहरुले भने यसअघि जस्तै सामान्य प्रक्रियाबाट जापान प्रवेश पाउनेछन् ।

आप्रवासन व्युरोका अनुसार हाल नारिता विमानस्थलमा मात्र प्रयोगमा ल्याइएको यो प्रविधि छिट्टै जापानको महत्वपूर्ण बिमानस्थलमा सञ्चालन गरिने भएको छ । सन् २०२० को ओलम्पिक सम्ममा सबै बिमानस्थलमा प्रयोगमा ल्याइले लक्ष्य राखिएको यस्तो मेसिन क्रमश सबै बिमानस्थलमा जडान गरिने भएको छ ।