(JAPAN) 15 th August | 2018 | Wednesday | 6:36:26 PM
(Nepal) 15 th August | 2018 | Wednesday | 3:21:01 PM
 

ट्रम्प किम भेटवार्ताको सुरक्षा नेपाली गुर्खाजले गर्ने, ट्रम्प किमप्रति नरम-आबे आक्रामक

  POSTED ON : Thursday, 07 June, 2018 | Views : 2997

ट्रम्प किम भेटवार्ताको सुरक्षा नेपाली गुर्खाजले गर्ने, ट्रम्प किमप्रति नरम-आबे आक्रामक

गोकर्ण अधिकारी-टोकियो ।

अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोगं उन ऐतिहाँसिक रुपमा जब सिंगापुरमा भेटवार्ता गरिरहेका हुनेछन् त्यहाँ उनिहरुको सुरक्षा विश्वमै युद्धहस्त फौजीको रुपमा कहलिएको नेपाली गोरखालीले गरिरहेका हुनेछन् ।

दुवै नेताले आफ्नै देशका छुट्टा छुट्टै सुरक्षा टोली लिएर आउनेछन् रोयटर्स समाचार संस्थाले सिंगापुरका अधिकारीहरुको भनाई उदृत गर्दै उल्लेख गरेको छ त्यो सँगै सिंगापुरको विशेष प्रहरी जसमा नेपाली गोरखाली सुरक्षाकर्मीको रुपमा रहेका छन् उनिहरुले नै वार्ता स्थल, सडक, होटल सहित कुटनीतिक व्यक्तिहरु रहने स्थान र महत्वपूर्ण व्यक्तिहरु रहने ठाउँको सुरक्षा हेर्नेछन् ।

सिंगापुरमा थोरै संख्यामा रहेका नेपाली समुदाय त्यसमा पनी गोरखाली फौज केही साता यता चर्चामा रहँदै आएको छ कारण केही समय अघि गुर्खाज फौजको नाम दिइएको यही सुरक्षा टिमले नै सिंगापुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकी रक्षा सचिव जिम म्याट्टीस सहित विभिन्न देशका मन्त्रीहरुको सुरक्षा कुशलापुर्वक सम्हालेको थियो ।


नेपालको पहाडी क्षेत्रका गोरखालीहरुलाई भर्ती गरेको सिंगापुर प्रहरीले निडर, साहसी अनि इमान्दार र कतव्यनिष्ट फौजको रुपमा गुर्खाजलाई चित्रित गर्दै सिंगापुरमा हुने विशेष कार्यक्रम तथा घटना र स्थानहरुको सुरक्षा जिम्मेवारी सुम्पँदै आएको समाचारमा जनाइएको छ । सिंगापुरको सुरक्षा र अन्तरिक सुरक्षामा गुर्खाज फौजलाई आफ्नो अभिन्न अंग भएको सिंगापुर प्रहरी र सशस्त्र सुरक्षा फौजले सार्वजनिक रुपमा बताउँदै आएको छ ।


आधुनिक हतियारले सुसज्जीत भएपनि नेपाली गोरखालीको पहिचान बनाएको खुकुरी साथमा नछुटाउने यो फौज किम र ट्रम्प सुरक्षाको विभिन्न घेरामध्ये पहिलो घेरामा रहनेछन् । नेपाली गुर्खाज फौज भन्दा बाहिरि अन्य घेरामा पनि सुरक्षा फौज तैनाथ हुनेछ ।

दुई नेता र वार्ता स्थलको सुरक्षाको लागि रणनीतिक रुपमा गुर्खाज टीमलाई छुट्टै प्रशिक्षण समेत दिइराखिएको भन्दै सिंगापुर सशस्त्र फौजका एक अधिकारीले गोरखाली फौजहरुको तैनाथी विवरण र संख्याका बारेमा भने बताएका छैनन् ।

समाचार श्रोतहरुका अनुसार सिंगापुर सशस्त्र फौजमा १८ सय नेपालीहरु गुर्खाज फौजमा रहेर काम गरिरहेका छन् । जुन फौजको एक प्रवक्ता समेत नियुक्त गरिएको छ तर उनले ट्रम्प र किम सुरक्षामा गुर्खाज फौजको तैनाथीबारे टिप्पणी गर्न अश्विकार गरे ।

सिंगापुरमा २ सय बर्षदेखी नै गोरखाली फौजको उपस्थिति रहँदै ठानिन्छ । बेलायती औपनिवेशको समयमा बेलायती गोर्खा फौजमा रहेर सिंगापुरमाथिको औपनिवेश समयमा उपस्थिति जनाएको गुर्खाजले सानो टापु देशको रुपमा छुट्टै अस्तित्व पाएपछि सिंगापुरले छुट्टै रुपमा नेपालीहरुलाई गुर्खाज रेजिमेन्टको रुपमा भर्ती गर्दै आएको छ ।


नेपाली सेनाको विर ईतिहाँस बनाएको नेपाली गोरखाली फौज बेलायती सुरक्षा फौज सहित, ब्रुनेई, सिंगापुर, भारतीय सेनामा समेत कार्यरत छन् ।

विश्व युद्धमा बिर नेपालीको ईतिहाँस कोरेर विश्वमै पराक्रमी नेपाली फौजको रुपमा चिनिएको गोर्खाली सेना फकल्याण्डको युद्ध हुँदै अफगानिस्तान र ईराक युद्धमा समेत सहभागी भएको छ ।

विश्वमा शान्ति स्थापनाको लागि नेपालको तर्फबाट नेपाली सेनाको रुपमा महत्वपूर्ण योगदान गर्दै आएको गोर्खाली फौजलाई सिंगापुरले मलेसियासँगको सिमा बोर्डरमा समेत खटाउँदै आएको छ ।

सिंगापुर प्रहरीको वरिष्ठ नेतृत्वमा बेलायती सेनामा अवकास प्राप्त गोरखालीहरुले प्रशिक्षण तथा संगठनात्मक नेतृत्वमा भुमिका निभाउँदै आएका छन् ।


ट्रम्प किम प्रति नरम आबे आक्रामक


जापानी प्रधानमन्त्री सिन्जो आबे अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पलाई भेट्न बुधवार अमेरिका प्रस्थान गरेका छन् ।

उत्तर कोरियाली नेता किम जोंग उनलाई ट्म्पले भेट्नु अघिनै वार्ता गर्न अमेरिका प्रस्थान गरेका आबेले बिहिबार वाशिंगटनमा ट्रम्पसँग भेटवार्ता गर्नेछन् ।

१२ जुन अर्थात् मात्र ५ दिनपछि किमसँग भेट्ने मिति तय गरेका ट्म्पले किमसँग भेट्नुअघि कुनैपनी देशका प्रमुखसँग भेट गर्ने यो नै अन्तिम हुनेछ ।

आबेले ट्रम्पसँगको भेटमा उत्तर कोरियालाई आणविक मुक्त बनाउने दिशामा दुईदेशबिच सहकार्यको कुरा गर्ने बताएका छन् ।

आणविक हतियार नष्ट तथा क्षेप्यास्त्र नियन्त्रणको दिशामा महत्वपूर्ण काम गर्नुपर्ने बताउँदै आएका आबे उत्तर कोरियामाथि अझै दबाव बढाउनुपर्ने पक्षमा देखिन्छन् ।

तर पछिल्लो समय ट्रम्प भने उत्तर कोरियामाथि नरम देखिन थालेका छन् ।


यतिसम्मकी ट्रम्प उत्तर कोरियामाथि थप दबाव बढाउनुपर्ने भन्ने आबेको शब्दमा समेत सहमत देखिएका छैनन् ।

वार्ताको अन्तिम संघार तथा सकारात्मक दिशामा काम अघि बढिरहेको सन्दर्भमा थप दबावको कुरा वा शब्द प्रयोग गर्दा वार्तामा असर पर्नसक्ने ट्रम्प प्रशासनको मत रहेको छ ।

यद्यपी ट्रम्पले आबेले भन्दै आएको जापानको अर्को महत्वपूर्ण मुद्दा जापानी नागरिकको अपहरणपछिको अवस्थाका बारेमा भने किमसँग कुरा गर्ने बताउँदै आएका छन् ।

आबे प्रशासनले किम र ट्रम्प बिचको वार्तामा जापानको प्रत्यक्ष उपस्थिति नरहेपनि वार्तामा सघाउन भन्द्र एक उच्च टोलीलाई दुई नेताको वार्ता समयमा सिंगापुर पठाउने घोषणा गरिसकेको छ ।