(JAPAN) 19 th June | 2018 | Tuesday | 12:22:45 PM
(Nepal) 19 th June | 2018 | Tuesday | 9:07:20 AM
 

जापानमा बर्षायाम सुरु, हरेक दिन काममा निक्लनुअघि मौसम विवरण बुझ्ने गर्नुस्

  POSTED ON : Wednesday, 06 June, 2018 | Views : 1138

जापानमा बर्षायाम सुरु, हरेक दिन काममा निक्लनुअघि मौसम विवरण बुझ्ने गर्नुस्

टोकियो ।

जापानको मौसम विज्ञान एजेन्सीले जापानभर बर्षा मौसम सुरु भएको जनाएको छ ।

एजेन्सीले बुधवार राजधानी टोकियो सहित अधिकाशं क्षेत्रमा बर्षा सुरु भएसँगै यस बर्षको बर्षा याम सुरु भएको जनाएको छ ।

मौसम एजेन्सीले ओसाका, नागोया, टोकियो क्षेत्र सहित अधिकाशं क्षेत्रमा मंगलबारबाटै बर्षा सुरु भएको जनाउँदै यो बर्षको बर्षा मौषम सुरु भएको बताएको हो ।

होकुरिकु र तोहोकु क्षेत्र बाहेक जापानको अधिकाशं क्षेत्रमा बर्षा भईरहेको बताएको मौषम एजेन्सीले उत्तरी द्धीप होक्काइदोमा भने बर्षा मौसम नरहेको जनाएको छ ।

मौसम एजेन्सीले यस बर्ष विगतको बर्षहरुमा भन्दा औषतमा ९ दिन अघि बर्षा मौसम सुरु भएको जनाएको छ । गत बर्षको तुलनामा भने २३ दिन अघिनै बर्षा मौषम सुरु भएको विवरणमा जनाइएको छ ।

दक्षिण क्युस्यु र ओकिनावा क्षेत्रमा भने यसबर्षको सुरुवातबाटै बर्षा मौषम सुरु भएको जापान मौसम एजेन्सीलाई उदृत गर्दै जापानटाईम्स अनलाईनले उल्लेख गरेको छ ।


हरेक दिनको दैनिकि मौषम विवरणबाट

जापानमा मौषमको जानकारी दिने विभिन्न माध्यम प्रयोग हुने गरेको छ । विशेषत टेलिभिजनहरुले हरेक दिन महत्वका साथ समाचार प्रकाशित गरेका हुन्छन् भने दैनिक सहित साप्ताहिक मौषम विवरणहरु प्रकाशित गरिरहेका हुन्छन् ।

यस्तै रेडियो तथा अनलाईनहरुमा समेत यस्ता विवरण नियमीत प्रकाशन प्रशारण भइरहेका हुन्छन् ।

प्राय हरेक जसो व्यक्तिको पहुँचमा अनलाईन प्रविधि रहेकाले हरेक समय मौषम विवरण हेर्न सकिने विभिन्न मोबाईल एप्सहरु पनि प्रयोगमा रहेका छन् ।

मौसम विवरण दिने आईफोनमा वेदर एप्स सबैभन्दा बढी प्रयोग हुने एम्प हो । वेदर एप्स पनि विभिन्न खालका रहेका छन् । यस बाहेक विभिन्न स्मार्ट फोनमा पनि यस्ता एप्सहरु रहेका छन् । जसमा जापानको मात्र विवरण दिने पनि पाईन्छन् ।

याहु जापानपनि जापानको मौषम विवरण प्राप्त गर्ने एउटा विकल्प हुनसक्छ । यसबाहेक जापानमा फेसबुक सहित विभिन्न सामाजिक सञ्जालले पनि समय समयमा मौषम परिवर्तनको जानकारी आफ्नो साईटमा राख्ने गर्दछन् ।

छिन छिनमा मौसम परिवर्तन भएर पानी परिरहने र घाम लाग्ने भएकाले मौसमको विवरण बुझेर छाता बोक्नुपर्ने तथा कपडा पातलो वा बाक्लो लगाउनुपर्ने बुझेर गन्तव्यमा निक्लनुभएमा तपाईको दैनिकि सहज हुनसक्छ ।