(JAPAN) 15 th August | 2018 | Wednesday | 6:36:16 PM
(Nepal) 15 th August | 2018 | Wednesday | 3:20:51 PM
 

५ लाख बिदेशी कामदार भित्राउने जापानको घोषणा, नेपालीलाई के फाईदा ?

  POSTED ON : Thursday, 31 May, 2018 | Views : 7340

५ लाख बिदेशी कामदार भित्राउने जापानको घोषणा, नेपालीलाई के फाईदा ?

टोकियो ।

कामदार अभाव झेल्दै आएको जापानले कृषि र उद्योग क्षेत्रका लागि सन् २०२५ सम्ममा ५ लाख बिदेशी कामदार भित्राउने भएको छ ।

क्योदो समाचार संस्थाका अनुसार मंगलबार आबे सरकारले आद्योगीक क्षेत्र सहित कृषि र निर्माण क्षेत्रमा यि कामदार ल्याउने निर्णय गरेको हो ।

यो सम्वन्धि प्रस्ताव जुन महिनाको मध्यतिर आउने प्रधानमन्त्री सिन्जो आबे सरकारको आर्थिक नीतिमा समेटिने र संसदमा पेश हुने भएको छ ।

जापानले यसरी ल्याउन लागेको ५ लाख बिदेशी कामदार मध्ये पाँच उद्योगमा उनिहरुलाई लगाउने भएको छ । जसमा कृषि, निर्माण, आवास, नर्सिङ र जहाज निर्माण सहित यिनै क्षेत्रगत ठाउँहरुमा उनिहरुले काम गर्नुपर्नेछ ।

५ लाखको संख्या भनिएपनि क्योदो समाचार संस्थाले ५ लाख भन्दा बढी कामदार भित्राइने बताएको छ । यसको अर्थ न्युनतम ५ लाख कामदार भित्राउने जापानको लक्ष्य देखिन्छ ।

भाषा र सिप पहिलो प्राथमिकता

जापानमा बिदेशी कामदारको भिषा अवधि १० बर्ष हुने

जापान सरकारले नै ल्याउन लागेको बिदेशी कामदारहरुले अब भने जापानी भाषा परीक्षा उतिर्ण गर्नुपर्नेछ । जसको लेभल एन ४ बराबरको हुने छ ।

तर कुषि क्षेत्रमा काम गर्ने कामदारहरुले भने कामको लागि प्रयोग हुने सामान्य भाषा जुन काम गर्ने समयमा अत्यावश्यक पर्छ सो बराबरको भए पुग्ने बताइएको छ । जसको अर्थ कुनै काम अह्राएमा वा गर्न भनेमा बुझ्ने र प्रतिक्रिया दिनसक्ने भए हुन्छ ।

कुनदेशका कती कामदार ?

जापानमा रहेका मध्ये सबैभन्दा बढी कामदार चीनको रहेका छन् । जसमा चीनको २९ प्रतिशत रहेको छ । यसैगरि भियतनामका १९, फिलिपिन्सका १२ र ब्राजिलका ९ प्रतिशत कामदार रहेकोमा नेपालको केवल ५ प्रतिशत रहेको छ ।

५ लाखभन्दा बढी बिदेशी कामदार ल्याउने जापान सरकारको निर्णयपछि हाल ५ प्रतिशतको संख्यामा नेपाली कामदार रहेको जापानमा यही अनुपातमा मात्रै बृद्धि वा कोटा पाएमा पनि दशौं हजार नेपालीले रोजगार पाउने छन् ।

कति छ जापानमा कामदार अभाव ?

जापानमा धेरै नेपालीहरुको भिषा धरापमा पर्ने सम्भावना !

समाचार अनुसार जापानमा निर्माणको क्षेत्रमा सन् २०२५ सम्ममा ७ लाख ८० हजार देखी ९ लाख ३० हजार जति कामदार अभाव हुने देखिन्छ । यसमा सरकारले ३ लाखको संख्यामा बिदेशी कामदारले परिपुर्ती गर्ने लक्ष्य राखेको छ ।

यस्तै कृषि क्षेत्रमा सन् २०२३ सम्ममा ४६ हजार देखी १ लाख ३ हजारको संख्यामा कामदार अभाव हुनसक्छ ।  नयाँ नीति अनुसार बिदेशी कामदारको आपुर्ती भएमा आवश्यकता भन्दा धेरै कम संख्या अर्थात् २६ हजार देखी अभिकतम ८३ हजार बिदेशी कामदार मात्र परिपुर्ती हुनेछ ।

जापानमा मानव तस्कर गर्नेलाई कारवाही माग गर्दै श्रममन्त्रीलाई ज्ञापनपत्र


यसैगरि नर्सिगं क्षेत्रमा सन् २०२५ सम्ममा सबैभन्दा बढी ५ लाख ५० हजारको संख्याका कामदार आवश्यक पर्नेछ । तर सरकारी नीतिले त्यसलाई पुर्ती गर्ने सम्भावना ज्यादै कम रहेको छ ।

हालकै कामदार अभावलाई पुर्ती गर्न नसकिरहेको जापानले बढ्दो कामदार अभाव आपुर्ति गर्न बिदेशी कामदार ल्याउने कदमसँगै जापानमै रहेका बिदेशी कामदारहरुलाई बसोबासको नयाँ नयाँ नीति ल्याउँदै जान थालेको छ । तर नियमविपरित रहेका कामदारमाथि कडा रबैया अपनाईरहेको जापान बैध कामदारहरुलाई जापानमा रहने अवधि बढाउँदै लैजान भने सकारात्मक बन्दै गएको देखिन्छ ।

जापानमा प्रशिक्षार्थी कामदार पठाउन पहल सुरु

नेपालको तर्फबाट समेत दक्षिण कोरियामा जस्तैगरि जापानमा पनि प्रशिक्षार्थी कामदार लैजाने व्यवस्था मिलाउन श्रममन्त्री गोकर्ण विष्टले जापानी राजदूत मार्फत अनुरोध गरेको केही समयपछि नै जापानको नयाँ नीति पनि सरकारी प्रयासमै बिदेशी कामदार ल्याउने प्रक्रिया थालनीले नेपालबाट प्रशिक्षार्थी कामदारहरु जापान आउने प्रक्रिया अघि बढ्नसक्ने देखिन्छ ।

त्यसो भएमा कामदारहरुले न्युन शुल्कमा राम्रो आम्दानी हुने देशको रुपमा चिनिएको जापानमा रोजगारको नयाँ गन्तव्य पाउनेछन् ।
हाल व्यक्तिगत तथा संस्थागत प्रयासमा न्युन सुल्क सम्झौता गरेर लाखौं रुपैयाँ तिरेर प्रशिक्षार्थी कामदारको रुपमा नेपालीहरु जापानमा आइरहेका छन् ।

ठूलो रकम तिरेर जापान आएपछि फर्कनुपर्ने समय छिटो हुने तर कमाई सोचे जस्तो नभएपछि शरणार्थी तिर जाने कामदारको संख्या बढिरहँदा सरकारी प्रयासमा आउने थालनी भएमा त्यसमा कमी आउन सक्नेछ ।

जापानमा नेपाली कामदारलाई सहज बनाउन जिट्को सम्झौता गरिंदै


Photo Source : Nippon.com