(JAPAN) 17 th October | 2018 | Wednesday | 5:04:31 PM
(Nepal) 17 th October | 2018 | Wednesday | 1:49:31 PM
 

जापानमा बिदेशी कामदारको भिषा अवधि १० बर्ष हुने

  POSTED ON : Thursday, 31 May, 2018 | Views : 5739

जापानमा बिदेशी कामदारको भिषा अवधि १० बर्ष हुने

ज्याक खड्का-टोकियो ।

जापान सरकारले बिदेशी नागरिकहरुको भिषा अवधि बढाउने अन्तिम तयारी गरेको छ ।

जापानी समाचार संस्था एनएचकेले जापानी अधिकारीहरुलाई उदृत गर्दै उल्लेख गरे अनुसार यसरी भिषा अवधि बढाईनेमा तत्कालको लागि विशेष क्षमता दक्षता भएकाहरुको हकमा लागुहुनेछ ।

विशेष क्षमता र दक्षता भएकाहरुमा प्राविधिक क्षेत्रका समेत समेटिएको भन्दै एनएचकेले यसरी भिषा अवधि बढाईन लागेकामा प्रशिक्षार्थी कामदारहरुको हकमा मात्र लागु हुने स्पष्ट पारेको छ ।

जसमा निर्माण, कृषि, नर्सिगं, प्राविधिक सहित ७७ क्षेत्रका कामदार समेटिएको छ ।

यसअघि तोकिएको समयावधिमा नियमानुसार बसेकाहरुले थप पाँच बर्ष काम गर्न चाहेमा भिषा उपलब्ध हुने बताइएको छ ।

आर्थिक तथा वित्त सुधार नीति तयार गरिरहेको आबे सरकारले अर्को साता यो सम्वन्धि विस्तृत प्रस्ताव मन्त्रीपरिषदमा प्रस्ताव गर्ने भएको छ । जुन प्रस्ताव पारित हुने सम्भावना रहेको छ ।

अधिकारीहरुका अनुसार नयाँ भिषा प्रक्रिया अनुसार आवेदनकर्ताले आफ्नो ज्ञान, क्षमता तथा जापानी भाषा सम्वन्धि दक्षता प्रस्तुत गर्नुपर्नेछ । यसको लागि तोकिएको एक परिक्षा उत्तीर्ण हुनुपर्नेछ ।

तर यस्तो परिक्षा सरकारी स्विकृतीमा रहेको प्रशिक्षण कार्यक्रम पुरा गरेकाहरुले भने दिनुपर्दैन ।

नयाँ भिषा प्रक्रिया अनुसार उल्लेखित विषयहरुमा काम गर्ने बिदेशी कामदारहरुले जापानमा अधिकतम १० बर्ष काम गर्न पाउनेछन् । तर यसअघि तोकिएको समयावधि पुरा भएपछि भने उनिहरु एकपटक आफ्नो देश गएर फर्कनु पर्नेछ ।

जापानमा हाल १२ लाख ७९ हजार बिदेशी कामदारहरु रहेका छन् जसमा २ लाख ५८ हजार टेक्निकल क्षेत्रमा प्रशिक्षार्थी कामदारको रुपमा काम गरिरहेकाहरु छन् ।

नयाँ नियमानुसार भिषा अवधि १० बर्ष बढाइएपनि उनिहरुले आफ्नो परिवार ल्याउन भने पाउनेछैनन । तर यसमा प्राविधिक क्षमता र दक्षता भएको प्रमाणित भएका परिवारका सदस्यहरु भने ल्याउन पाईनेछ ।