(Japan) 19 th April | 2024 | Friday | 11:53:36 AM || (Nepal) 8:38:36 AM
 
 


अर्को दुखद खवर-जापानमा नेपाली विद्यार्थीद्धारा आत्महत्या

  POSTED ON : Thursday, 17 May, 2018 | Views : 85071

अर्को दुखद खवर-जापानमा नेपाली विद्यार्थीद्धारा आत्महत्या


टोकियो ।

जापानमा अध्ययनका लागि आएका एक नेपाली युवा आज बुधवार झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

जापानको फुकुओका मिनामी कु इजिरीमा बस्दै आएका ललितपुर जिल्ला घर भएका राजेन्द्र महर्जन आफ्नै कोठाको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

बुधवार अपरान्ह मृत भेटिएपनि उनको मृत्यु बुधवार नभई कम्तिमा एकदिन अघिनै भएको घटनास्थलमा प्रहरीले बताएको मृतक महर्जनका साथी रक्की डंगोलले जापानसमाचारडटकमसँगको कुराकानीमा बताउनुभयो ।

'हाम्रो फोन पनि नउठाउने, सम्पर्क नै नभएपछि कोठामा गएर ढक्ढकायौं नखोलेपछि उ पढ्ने गाक्कोलाई खवर गर्यौं अनि गाक्कोले फुदोसानलाई भनेर प्रहरी बोलाएर ढोका खोल्दा मृत भेटिएका हुन् ।'

रक्कीले टेलिफोनमा दिएको जानकारी अनुसार प्रहरी बाहेक अन्यलाई कोठामा छिर्न नदिएका कारण कहाँ र कुन अवस्थामा मृत्यु भएको बारे थाहा नभएपनि प्रहरीले झुण्डिएको बताएको तर यसबारेमा अनुसन्धान भइरहेको भन्दै प्रहरीले भोली विस्तृत जानकारी दिने भएको उनको भनाई छ ।

मृत निकटका साथी रक्की डंगोलले दिएको जानकारी अनुसार २९ बर्षीय मृतक महर्जन फुकुओकामा निहोन खेदाई दाइगाक्कोमा चार वर्षे स्नातक अध्ययन गरिरहेका थिए । हाल चौथो बर्षको अध्ययन चलिरहेको थियो ।

सोमबारदेखी साथिहरुसँग सम्पर्क विहिन भएपछि खोजि गर्दा बुधवार अपरान्ह ४ बजेतिर उनलाई आफ्नै कोठामा मृत भेटिएको हो ।

मृत्युको कारण थाहा हुन सकेको छैन । केही दिन अघि देखीनै आफ्नो फेसबुक निस्क्रिय बनाएका महर्जन अविवाहित हुन् ।

घटना के कसरी भयो भन्ने कारण थाहा हुन नसकेको र उनको शव हाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र भोली साँझ सम्ममा विस्तृत जानकारी दिने बताएको छ ।

नेपालस्थित परिवारमा अबेर साँझ खवर पुगेको र प्रहरी रिपोर्ट आएपछि मात्र घटनाबारे थाहा हुने भएको छ ।

स्मरणीय छ हिजो मात्र जापान कान्साईमा एक महिला आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएपछि उनको भोलीनै दाह संस्कार गरिने भएको छ ।

जापानमा नेपाली महिला झुण्डिएको अवस्थामा मृत फेला