(JAPAN) 18 th July | 2018 | Wednesday | 8:59:00 AM
(Nepal) 18 th July | 2018 | Wednesday | 5:43:35 AM
 

टोकियोमा नेपाल भलिबल सङ्घको आयोजनामा भलिबल प्रतियोगिता हुने

  POSTED ON : Wednesday, 16 May, 2018 | Views : 501

टोकियोमा नेपाल भलिबल सङ्घको आयोजनामा भलिबल प्रतियोगिता हुने

टोकियो ।

जापानभर छरिएर रहेका भलिबल खेलाडीहरुबिच नेपाल भलिबल संघ जापानले भलिवल प्रतियोगिता गराउने भएको छ ।

भलिबल संघ जापानले जुलाईको २० तारिक शुक्रबार ‘स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नारा सहित प्रतियोगिता गर्ने भएको छ ।

टोकियोको ओता कु हिगाशी कामतामा रहेको सोगो ताइकु कान खेल ग्राउण्डमा प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता हुने मिति बारे मात्र जानकारी सार्वजनिक गरेको आयोजकले पुरस्कार राशि सहित विस्तृत विवरण भने छिट्टै सार्वजनिक गर्ने बताएको छ ।