(Japan) 26 th February | 2020 | Wednesday | 4:56:00 PM || (Nepal) 1:41:00 PM
 
 

नारिता बिमानस्थलमा जापान आउने बिदेशीमाथी सरुवारोगको निगरानीमा कडाई

Jack Khadka   POSTED ON : Friday, 17 January, 2020 | Views : 338

नारिता बिमानस्थलमा जापान आउने बिदेशीमाथी सरुवारोगको निगरानीमा कडाई


टोकियो, जापान ।

क्षयरोग लगायत केही सरुवा रोग लागेका नेपालीलाई यसअघि बिमानस्थलबाटै फर्काइएको घटनाका बिच नारिता बिमानस्थलमा पुन सरुवा रोगको चेकजाँचमा कडाई थालिएको छ ।

तर यसपटक जापानले नेपालीहरुको सरुवा रोग नियन्त्रण गर्ने लक्ष्यकासाथ नभई चीनमा फैलिएको रहस्यमयी कोरोना भाईरस नियन्त्रणको लागि यस्तो कडाई थालेको हो ।

जापानमा चीनमा भाईरल बनिरहेको कोरोना भाईरसबाट संक्रमित व्यक्ति फेला परेपछि चीन सहित जुनसुकै देशबाट आउने नागरिकको स्वास्थ्य चेकजाँचको यो सुरुवात नारिता बिमानस्थलमा गरिएको हो ।

अधिकारीहरुका अनुसार नारिता अन्तर्राष्ट्रिय बिमानस्थलको आगमन कक्षमा विशेषगरि चीनबाट आएका नागरिकहरुको स्वास्थ्य चेकजाँचमा कडाई गरिएको छ ।

त्यसमा पनी चिनको ह्युहान बाट आएका चीनियाँहरुलाई उनिहरुलाई रुघाखोकी, स्वासप्रस्वास तथा घाँटीमा समस्या एवं ज्वरो सहित कुनैपनि स्वास्थ्य समस्या रहे नरहेको सोधपुछ सहित स्वासको परिक्षण गरिन थालिएको छ । जहाँ यात्रुको सासको तापक्रम मापन गर्ने यन्त्र समेत जडान गरिएको छ ।

जापानमा चिनबाट आउने पर्यटकको संख्या बर्षेनी बढ्ने क्रममा रहेको छ । जापान भ्रमणमा आउने कुल विदेशी मध्ये २५ प्रतिशत बढी चिनियाँ पर्यटक रहेका छन् ।