(JAPAN) 25 th September | 2018 | Tuesday | 4:00:47 AM
(Nepal) 25 th September | 2018 | Tuesday | 12:45:47 AM
 

जापानमा नेपाली महिला झुण्डिएको अवस्थामा मृत फेला

  POSTED ON : Wednesday, 16 May, 2018 | Views : 33577

जापानमा नेपाली महिला झुण्डिएको अवस्थामा मृत फेला

टोकियो ।

जापानमा झुण्डिएको अवस्थामा एक नेपाली महिला मृत भेटिएकी छिन् ।

आत्महत्याको आशंका गरिएपनि प्रहरीले मृतक महिलाको श्रीमानसँग पनि सोधपुछ गरिसकेको र हाल शवको परिक्षण तथा प्रहरी अनुसन्धान भइरहेकोले मृत्युको खास कारण खुलीसकेको छैन ।

हाल नेपालस्थित परिवारका सदस्यलाई जानकारी नगराइएको भन्दै आफन्त तथा नजिकका व्यक्तिहरुले बाग्लुगं जिल्ला घर भएकी महिलाको निधन भएको पुष्टि गरेपनि विस्तृत विवरण प्रकाशित नगर्न अनुरोध सहित जानकारी उपलब्ध गराएनन् ।

'झुण्डिएको अवस्थामा मृत्यु भइसकेको अवस्थामा भेटेर उहाँकै श्रीमानले प्रहरीलाई खवर गरेको र कान्साई प्रहरीले शव नियन्त्रणमा लिएर अहिले विस्तृत विवरण दिएको छैन' श्रोतले भन्यो-'भोली ३ बजे भित्रमा प्रहरीले रिपोर्ट उपलब्ध गराउने भनेको छ त्यसपछि मात्र हामी थप जानकारी दिनसक्छौं ।'

जापानमा दुई साता बिचमा नेपालीको मृत्यु भएको यो तेस्रो घटना हो ।

मे ३ तारिखमा चिबामा साथिहरुसँगै सुतेको अवस्थामा पोखराका २८ बर्षिय राजु क्षेत्रीको निधन भएको थियो । उनको शव हिजो मात्र आर्थिक संकलन गरेर नेपाल पठाईएको छ ।

यहि बिचमा बाग्लुगं जिल्ला हुनुभएकी २२ बर्षिया सोनु श्रेष्ठको उपचारको क्रममा निधन भएको थियो । बेहोस भएर ढलेपछि अस्पताल लगिएकी उनको उपचारकै क्रममा निधन भएको हो ।

लगत्तै बाग्लुगं जिल्ला घर भएकी महिलाको यो निधनको खवरले जापानमा रहेको नेपाली समुदायमा आत्महत्या, अस्वाभाविक मृत्यु र स्वास्थ्य समस्याका कारण भएको मृत्युले फेरी एकपटक सचेतना, स्वास्थ्यबारे सजग हुनुपर्ने र यसमा जापानमा क्रियाशिल संघसंस्थाको भुमिकामाथि गम्भिर प्रश्न उब्जाइदिएको छ ।

जापानमा बाग्लुगंकी २२ वर्षिय सोनु श्रेष्ठको असामयिक निधन

पोखरामा युवाको सुतेकै ठाउँमा मृत्युको कारण आकस्मिक हृदयघात, शव नेपाल पठाईदै


अस्पतालको गेटमै बेहोस भएर ढलेपछि उपचार गराइएकी सोनु श्रेष्ठको निधनपछि अन्तेस्टी गरिसकिएकोमा अन्यथा हुन गएकोमा सच्याइएको छ ।

सम्पादक