(Japan) 29 th January | 2020 | Wednesday | 5:11:40 AM || (Nepal) 1:56:40 AM
 
 

जापानभर युवावस्था प्रवेश दिवस मनाईयो, के हो युवावस्था दिवस ?

  POSTED ON : Tuesday, 14 January, 2020 | Views : 2862

जापानभर युवावस्था प्रवेश दिवस मनाईयो, के हो युवावस्था दिवस ?


टोकियो, जापान ।

जापानको ओसाका शहरका युवाहरुले देशको सवैभन्दा अग्लो भवनमा सिँढि चढेर छत सम्म पुगी जापानमा मनाईंदै आएको युवावस्था प्रवेश दिवसको परम्परालाई मनाएका छन् ।

जापानमा सोमबारको दिन २० बर्ष उमेर पुगेका युवाहरुसँगै उनिहरुका परिवारजनले युवावस्था प्रवेश दिवस मनाएका छन् ।

जापानमा २० वर्ष पुगेपछि कानुनी रुपमा समेत वाल्यावस्थाबाट वस्यक युवा अवस्थामा प्रवेश हुने मानिन्छ ।

२० बर्ष पुगेपछि जापानमा युवाहरुले कानुनी रुपमा आफ्ना पूर्ण अधिकारहरु पाउनुका साथै किशोर अवस्थामा कानुनले रोक लगाएका गतिविधिहरुबाट समेत छुटकारा पाउने गर्दछन् ।

जापानमा सोमबार देशभर युवावस्था समारोहहरुको आयोजना गरिएको थियो । यस्तो समारोह मध्ये ओसाकामा हुने कार्यक्रमलाई वर्षेनी महत्वपूर्ण रुपमा हेरिने गरिन्छ ।

जहाँ हिँड युवावस्थामा प्रवेश गरे भन्दै २० वर्षको उमेरमा प्रवेश गरेका युवाहरुले ३ सय मिटरको अग्लो गगनचुम्बी भवनमा पैदल हिँडेर जाने गर्दछन् ।

जापानी परम्परागत पहिरन किमोनो र नयाँ सुटमा सजिएका १ सय बढी युवा युवातीहरुले एक सफा कपडामा आफ्नो जिवनको लक्ष्य र उदेश्य लेखेर १६ सय ३७ सिँढिको भवन पैदल उक्लने गर्दछन् ।

६० तलाको उक्त भवनको छतमा पुग्न सामान्यतया एक घण्टा लाग्ने गर्दछ ।

उक्त पैदल यात्रामा सहभागी युवाहरुलाई जिवनको यात्राको कठिनाई र आत्मविश्वास बढ्ने ठानिन्छ ।

६० तलाको भवनको खुट्किला हिँडेर पुगेका युवाहरुले युवावस्थामा प्रवेश गरेको यो समय जीवनमा सँधै याद गरिरहने अनुभव सो अवसरमा सुनाएका थिए ।


Photo Source : Taiwan News