(Japan) 29 th January | 2020 | Wednesday | 6:11:14 AM || (Nepal) 2:56:14 AM
 
 

जापानको साईतामामा नेपाली युवाको मृत्यु, हप्तादिन बिचमा तीन जना नेपालीले ज्यान गुमाए

  POSTED ON : Friday, 10 January, 2020 | Views : 17436

जापानको साईतामामा नेपाली युवाको मृत्यु, हप्तादिन बिचमा तीन जना नेपालीले ज्यान गुमाए


टोकियो, जापान ।

जापानको साईतामा केनमा बस्दै आएका एक नेपाली युवाको मृत्यु भएको छ ।

मृत्यु भएका युवाको घर नेपाल नवलपुर जिल्ला गैंडाकोट भएको बुझिएको छ ।

कुक भिषा स्किल लेभर वर्कर को रुपमा जापानमा काम गर्दै आएका उनी गतबर्षमात्र जापान आएको पाईएको छ ।

पछिल्लो समय सिन्जुकुमा काम गर्दै आएका उनी आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् ।

बुधवार काममा बिदा रहेको उनले त्यसैदिन ज्यान फालेको तर बिहिबार उनी कसैको सम्पर्कमा नआएपछि कोठामा हेर्दा उनलाई मृत भेटिएको थियो ।

हाल परिचय नखुलाईएका उनी झुण्डिएको अवस्थामा मृत भेटिएको र प्रहरीले समेत आफैंले ज्यान लिएको रिपोर्ट दिएको सँगै काम गर्दै आएका साथीहरुले बताएका छन् ।

अविवाहित उनले आफैंले ज्यान लिनुको कारण खुल्न सकेको छैन । हाल नेपालमा उनको परिवारलाई यसबारेमा जानकारी गराउन लागिएको नजिकका एक आफन्तले जापानसमाचार डटकमलाई जानकारी दिनुभयो ।

हप्तादिन यता पोखराका बिकल थापा र बाग्लुगं जिल्ला घर भएका टेकचन चालिसेले असामयिक अवस्थामा निधन भएको थियो ।

विद्यार्थी भिषामा जापान आएका पोखराका बिकलको हृदयघातबाट मृत्यु 

थापा र चालिसे दुवैको हृदयघातका कारण मृत्यु भएको चिकित्सकहरुले शव पोष्टमार्टमका क्रममा बताएका थिए ।

जापानमा काम गरिरहेकै अवस्थामा अचेत हुँदा नेपालीको मृत्यु