(Japan) 29 th January | 2020 | Wednesday | 5:13:37 AM || (Nepal) 1:58:37 AM
 
 

विद्यार्थी भिषामा जापान आएका पोखराका बिकलको हृदयघातबाट मृत्यु

  POSTED ON : Monday, 06 January, 2020 | Views : 5700

विद्यार्थी भिषामा जापान आएका पोखराका बिकलको हृदयघातबाट मृत्यु


लक्ष्मि पौडेल-टोकियो, जापान ।

अध्ययनको लागि विद्यार्थी भिषामा जापान आएका पोखरा घर भएका बिकल थापाको हृदयघातका कारण असामयिक निधन भएको छ ।

हाल जापानको सेन्दाइमा बस्दै आएका थापा ७ वर्ष अघि बिद्यार्थि भिषामा जापान आएका थिए । अन्दाजि २८ बर्षिय पोखराका थापा घरमा आराम गरिरहेको अबस्थामा वेहोस भएपछि अस्पताल पुर्याउदै गर्दा मृत्यु भएको जनाईएको छ ।

अस्पताल पुर्याएर चेकजाँचका क्रममा चिकित्सकहरुले हृदयघातका कारण मृत्यु भएको वताएका हुन् ।

मृतक थापाको पार्शिक शरिर अस्पतालमा राखिएको छ ।

बिद्यार्थि भिषामा आएका थापा हाल भने भिषा परिवर्तन गरेर कम्पनिमा कार्यरत थिए ।

उनि श्रीमति संगै बस्दै आइरहेको सेन्दाइबाट तेज अर्यालले जापानसमाचार डटकमलाई जानकारी दिनुभयो ।

अर्यालका अनुसार शवलाइ नेपाल पठाउने या जापानमै अन्त्यष्टि गर्ने भन्ने विषयमा परिवारसंग सोमवार छलफल गरिने भएको छ ।