(JAPAN) 19 th December | 2018 | Wednesday | 2:09:41 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 10:54:41 PM
 

नेपाल बुद्धको जन्मभुमी हो, बुद्धको देशको जनता हुनुमा हामी गर्व गर्दछौं-राजदूत राणा

  POSTED ON : Monday, 14 May, 2018 | Views : 1047

नेपाल बुद्धको जन्मभुमी हो, बुद्धको देशको जनता हुनुमा हामी गर्व गर्दछौं-राजदूत राणा

टोकियो ।

विश्व शान्तिको कामना सहित राजदूत प्रतिभा राणाको उपस्थितिमा बौद्ध धर्म गुरु, अनुयायी र सर्वसाधारणले भगवान गौतमबुद्धका दिव्य वाणी, श्लोक बाचन र पुजापाठ गरेर २५६२ औं बुद्ध जयन्ती मनाएका छन् ।

नेवा: अन्तराष्ट्रिय फोरम जापानद्वारा आयोजित बुद्ध जयन्ती समारोह यही मे १२ तारिकमा जापानको चिबा केन माचुदो शी मा अवस्थित माचुदो सेइचिरेइएन बिहारमा आयोजना गरिएको थियो ।

समारोहमा जापानका लागि नेपाली महामहिम राजदुत श्रीमती प्रतिभा राणाको प्रमुख आतिथ्यता रहेको थियो । नेपाल लगायत जापान, श्रीलंका र बर्माबाट आमन्त्रित बुद्धका अनुयायी भन्तेहरूबाट बुद्धका स्लोकहरू बाचन गरी विश्व शान्तिको कामना गर्दै पुजापाठ समेत गरिएको थियो ।

टोकियो, चिबा, खानागावा क्षेत्रबाट नेपाली तथा जापानिज आगन्तुक तथा बौद्धधर्ममा आस्था राख्नेहरू कार्यक्रममा सहभागी भएका थिए ।

'नेपाल बुद्धको जन्मभुमी हो, हामी नेपालीहरू बुद्धको जन्मस्थल लुम्बिनी भएको देशको जनता हुनुमा गर्व गर्दछौ, जापानमा पनि बुद्ध जयन्ती आयोजना गरिएको र त्यसमा सहभागी हुन पाएकोमा हर्षित छु' कार्यक्रममा बोल्दै राजदुत प्रतिभा राणाले भन्नुभयो-'यस्ता कार्यक्रमले बुद्ध जयन्ती मनाउनुको साथसाथै जापानिजहरूलाई पनि लुम्बिनीको बारे जानकारी हुने र भ्रमणमा जान सक्ने छन् ।'

कार्यक्रम आयोजना भएको बिहारका प्रमुख श्री माचुई दोउकोउले यस्तो बृहत कार्यक्रमको आयोजना पहिलो पटक भएको भन्दै आयोजकलाई धन्यवाद व्यक्त गरेका थिए ।


'भगवान बुद्ध जन्मनुभएको देश नेपालबाट आउनुभएका तपाई नेपालीहरूलाई भेट्न पाउँदा अत्यन्त खुशीलागेको र बुद्ध सम्बन्धी कुनै कार्यक्रम गर्नुपरे हाम्रो यस बिहारको ढोका सधै खुल्ला रहने छ' प्रमुख माचुईले भन्नुभयो ।

कार्यक्रमकी संयोजक तथा संस्थाकी भुतपूर्व अध्यक्ष खातो ज्ञानु मानन्धरले नेवा अन्तराष्ट्रिय फोरम जापानले आफ्नो स्थापानाकाल देखि बुद्ध जयन्ती मनाउदै आएको र यो १५औं पटक भएको कार्यक्रममा जानकारी गराउनुभयो । संस्थाका वर्तमा अध्यक्ष दीपरन्न शाक्यले 'बुद्ध जयन्ती मनाउनु सबै नेपालीको कर्तव्य भएको भन्दै यसमा कुनै धर्म तथा जात बिषेशले मात्र मनाउने नभई सबैले मनाउनुपर्ने' बताउनुभयो । बिदेशमा रहेरपनि शान्तीका अग्रदुत गौतम बुद्धको जन्मदिनलाई मनाउनुपर्ने हामी नेपालीको कर्तव्य भएकोले फोरमले यो कार्यक्रम आफ्नो स्थापानाकाल देखि आयोजना गर्दै आएको बताएको छ ।


आयोजक संस्थाका महासचिव शिव तण्डुकारले यस्तो किसिमको कार्यक्रमले बुद्धको जन्मस्थल लुम्बिनीको बारेमा जापानिज माँझ गरिएको गलत प्रचारलाई चिर्न समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

दूतावाससँगको सहकार्यमा नेवाःअन्तराष्ट्रिय फोरम जापानद्धारा मे १२ मा बुद्ध जयन्ती आयोजना 

जापानमा नेवारी परम्परा अनुसार सामुहिक बेल विवाह सम्पन्न