(JAPAN) 19 th December | 2018 | Wednesday | 2:12:51 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 10:57:51 PM
 

जापानबाट नेपाल पैसा पठाउँदा आधिकारीक रेमिट्यान्स रोजौं, विद्यार्थी र डिपेन्डन्टको यस्तो छ सुविधा (भिडियो सहित)

  POSTED ON : Sunday, 13 May, 2018 | Views : 3474

जापानबाट नेपाल पैसा पठाउँदा आधिकारीक रेमिट्यान्स रोजौं, विद्यार्थी र डिपेन्डन्टको यस्तो छ सुविधा (भिडियो सहित)

टोकियो ।

जापानमा नेपाल पैसा पठाउने रेमिट्यान्स कम्पनीहरुको संख्या बढी रहँदा अवैध तरिकाले नेपाल पठाउने व्यक्ति र केही संस्थापनि सक्रिय रहेको आशंकाका बिच नेपालको पहिलो रेमिट्यान्स कम्पनी इजिलिंकले जापानबाट नेपाल पैसा पठाउन आधिकारीक र बैधानिक वाटोबाट मात्र पठाउन जापानमा रहेको नेपाली समुदायलाई आग्रह गरेको छ ।

पछिल्लो समय जापानमा विभिन्न व्यक्तिहरुले नेपाल पैसा पठाइदिने भन्दै संकलन गरेर नेपाल पैसा पठाउने तर बैधानिक तरिकाले बैंकिगं प्रक्रिया मार्फत नभई हुण्डी कारोवारीको माध्यम मार्फत पठाउने गरेको अपुष्ट खवरहरु सार्वजनिक भइरहँदा इजिलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी निर्देशक डिपी अर्यालले यसमा जापानमा रहेका नेपाली समुदाय पनि आफैं सचेत हुनुपर्ने बताउनुभयो ।

कम्पनीको शाखा विस्तार तथा रेमिट्यान्स बारे जापानवासी नेपालीलाई जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै इजिलिंक रेमिट्यान्सका निर्देशक अर्यालले जापान सरकारका विभिन्न निकायले हाम्रा हरेक गतिविधि र कामको गोप्य रुपमा नियालीरहेको हुने भन्दै अवैधानिक काम र प्रक्रियामा सामेल नहुन आग्रह समेत गर्नुभयो ।

स्मरणीय छ इजिलिंक रेमिट्यान्स नेपालमा सन् १९९९ मा नेपाल राष्टबैंकमा दर्ता भएर सञ्चालनमा आएको पहिलो रेमिट्यान्स हो भने डिपी अर्याल जापानमा रेमिट्यान्स कारोवार थाल्ने पहिलो नेपाली नागरिकको रुपमा समेत परिचित हुनुहुन्छ ।

विश्वकै उत्कृष्ठ रेमिट्यान्स कम्पनीको रुपमा चिनिएको मनि ग्रामलाई इजिलिंक रेमिट्यान्सले नै पहिलोपटक नेपालमा सहकार्य गरि विश्वभर पैसा कारोवार गर्ने सम्वन्ध विस्तार गरेको थियो ।



इजिलिंक रेमिट्यान्सले यसै बर्षबाट दक्षिण कोरियाको हान्पास रेमिट्यान्स मार्फत कोरियाबाट नेपाल पैसा पठाउन कारोवार थालेको छ ।

सेवा शुभारम्भको छोटो समयमै दक्षिण कोरियामा रहेका नेपालीहरुमाझ लोकप्रिय बनेको रेमिट्यान्स कम्पनीले मोबाइल एप्सको माध्यमबाटै बैंकमा आफ्नो खातामा रहेको पैसा नेपालको खातामा पठाउन सकिने व्यवस्था मिलाएको छ ।


विद्यार्थी र डिपेन्डेन्ट भिषामा रहेकाले जति पनि नेपाल पैसा पठाउन पाउँछन्

'विद्यार्थी, डिपेन्डेन्ड, कुक, व्यवसायी, रोजगार गर्ने सबैले कमाएको जतिसुकै पैसा नेपाल पठाउन पाउँछन्' पत्रकार सम्मेलनमा बोल्दै युवा व्यवसायि अचार्यलले भन्नुभयो-'तर विद्यार्थी भिषामा रहनुभएकाले हप्ताको २८ घण्टाका दरले महिनाको कति कमाउन सक्छन् अनि बर्षमा कति कमाउँछन् उनिहरुले त्यो समयमा औषत कमाउन सक्ने आम्दानी सबै नेपाल पठाउन सक्छन् तर कानुनी रुपमा कमाउन पाउने भन्दा बढी देखियो भने त्यो पठाउन सकिन्न ।'

'विद्यार्थीले कति कमाउन सक्छ वा कमाउँछ, कुक वा व्यवसायीले कति कमाउन सक्छ ? जापानको कानुन अनुसार कमाएको पैसा नेपाल पठाउन पाउँछ' अर्यालले स्पष्ट पार्दै भन्नुभयो-'एउटा विद्यार्थीले सय मान लिएर आउनुभयो भने हामीले पठाउन सक्दैनौं तर बर्षभरीमा पठाएको छैन अनि एकपटक बल्ल पठाउँदै छ भने हामी पठाउँदै यसरी कानुनी तवरमा कमाएको सबै पैसा नेपाल पठाउँदा कसैलाई कुनै समस्या पर्दैन यसमा ढुक्क हुनुभए हुन्छ ।'

पढ्न छुटाउनुभयो कि ?

अर्यालको जापान र जीवन अनुभव ः निरन्तरको कर्मले पाएको सफलताको कथा