JAPAN: 13 th December | 2019 | Friday | 7:55:51 PM || Nepal: 4:40:51 PM
 
 

दुखद खवर ! बाग्लुङकी २२ बर्षीया महिलाको जापानमा निधन

  POSTED ON : Thursday, 10 May, 2018 | Views : 57903

दुखद खवर ! बाग्लुङकी २२ बर्षीया महिलाको जापानमा निधन


टोकियो ।

नेपाल बाग्लुङ जिल्ला घर भएर जापानमा डिपेन्डेन्ट भिषामा रहनुभएकी २२ बर्षीया महिलाको उपचारको क्रममा निधन भएको छ ।

गल्कोट हटिया निवासी २२ बर्षिया सोनी श्रेष्ठको नाकानो स्थित केसोचो ब्यायुङगमा उपचारको क्रममा निधन भएको हो ।

प्राप्त जानकारी अनुसार अकस्मात वेहोस भएर ढल्नुभएकी श्रेष्ठको उपचारको क्रममै निधन हुन पुगेको हो ।

श्रेष्ठ करिव २ वर्ष अघि विवाह गरेर जापान पति अर्जुन श्रेष्ठसँगै डिपेन्डेन्ट भिषामा जापान आउनुभएको बुझिएको छ ।


निधन भएकी श्रेष्ठको शनिवार अपरान्ह २ ः ३० बजे दाह संस्कार गरिने भएको बाग्लुङ समाज आवद्ध पदाधिकारीहरुले जापानसमाचारडटकमलाई जानकारी दिनुभएको छ ।

दाहसंस्कार गरिने स्थान

Tokyo to Shinagawa ku nishi gotanda 5-32-20 

Phone:- 03-3491-0213

जापानमा सुतिराखेकै अवस्थामा पोखराका एक नेपाली युवाको निधन