(JAPAN) 18 th November | 2019 | Monday | 6:50:23 PM
(Nepal) 18 th November | 2019 | Monday | 3:35:23 PM
 

जापानमा बिदेशी पक्राउ पर्नेक्रम बढेपछि प्रहरीले कानुनबारे जानकारी गराउन थाल्यो

  POSTED ON : Wednesday, 06 November, 2019 | Views : 172

जापानमा बिदेशी पक्राउ पर्नेक्रम बढेपछि प्रहरीले कानुनबारे जानकारी गराउन थाल्यो


टोकियो, जापान ।

जापान प्रहरीले बिदेशी नागरिकहरुले जापानमा नियम उल्लंघन गर्नेक्रम बढेपछि नियम कानुनबारे जानकारी दिन थालेको छ ।

जापानमा रहेका बिदेशी नागरिकहरुलाई लक्षित गरेर जापान प्रहरीले बिदेशी नागरिकहरु प्रभावित हुनसक्ने कानुनहरुबारे जानकारी दिने अभियान सुरुवात गरेको हो ।

प्रहरीले टोकियो कोतो वार्डमा शनिवार एक कार्यक्रम गरेर बिदेशी नागरिकहरुलाई यसबारेमा जानकारी गराएको छ ।

प्रहरी अधिकारीहरुले बर्षेनी जापानमा बिदेशी नागरिकहरु पक्राउ गर्नेक्रम बढेको बताउँदै केही घटनामा अन्जानवस समेत बिदेशीहरु कानुनी दायरामा पर्ने गरेको बताएका छन् ।

पछिल्लो समय चक्कु, अवैध मादक पदार्थ राख्ने देखी प्रतिवन्धित क्षेत्रमा ड्रोन उडाएका घटनामा समेत जापानमा बस्दै आएका र घुम्न आएका पर्यटकहरु पक्राउ परेको प्रहरीले बताएको छ ।

कानुनले रोक लगाएको स्थान तथा अनुमतिविना तस्विर तथा भिडियो खिच्ने लगायतका घटनामा बिदेशीहरु पक्राउ पर्नेक्रम बढेको प्रहरी अधिकारीहरुलाई उदृत गर्दै जापानी समाचार संस्था एनएचके टेलिभिजनले समाचार प्रशारण गरेको छ ।