(JAPAN) 18 th November | 2019 | Monday | 5:39:17 PM
(Nepal) 18 th November | 2019 | Monday | 2:24:17 PM
 

राजनीतिक ईमान्दारिता ! चुनावमा आलु र मकै बाँडेको आरोपपछि जापानका न्याय मन्त्रीले दिए राजिनामा

Deepak Gautam   POSTED ON : Sunday, 03 November, 2019 | Views : 92

राजनीतिक ईमान्दारिता ! चुनावमा आलु र मकै बाँडेको आरोपपछि जापानका न्याय मन्त्रीले दिए राजिनामा


टोकियो, जापान ।

जापानका न्याय मन्त्री कावाई कात्सुयुकिले पदबाट राजिनामा दिएका छन् ।

कावाईको राजिनामासँगै प्रधानमन्त्री आबे शिन्जोको मन्त्रीमण्डलका दुई सदस्यले पाँचदिनको बिचमा पदबाट राजिनामा दिएका छन् ।

जापानी समाचार संस्था जापानटाईम्सका अनुसार कावाईमाथी यस बर्ष भएको संसदको माथिल्लो सदनको चुनावमा निर्वाचन नियम उल्लंघन गरेको आरोप छ ।

आरोप अनुसार उनले निर्वाचनमा परिचालन गरिएका कर्मचारीलाई तोकिएभन्दा बढी पारिश्रमीक दिएका छन् ।

समाचार संस्था क्योदोका अनुसार त्यस बाहेक कावाईले निर्वाचन कानुन बिपरित मतदातालाई प्रभावित बनाउन मकै, आलु लगायत अन्य सामग्री वितरण गरेका थिए ।

आफुमाथी निर्वाचन नियम उल्लंघनको आरोपपछि बिहिबारनै कावाईले पदबाट राजिनामा दिएका छन् ।

कावाईले आफुमाथी लागेको आरोपलाई मध्यनजर गर्दै पदबाट राजिनामा दिएको र आरोपमा आफु जिम्मेवार रहेको बताएका छन् । यसका साथै उनले जनताले विश्वासगरी दिएको मतमाथी आफुले ठेस पुर्याएकोमा क्षमा समेत मागेका छन् ।

यद्यपी कानुन मन्त्रीको पदबाट राजिनामा दिएको जानकारी गराउँदै उनले आफुमाथी लागेको आरोपबारे सञ्चारमाध्यममा आएपछि मात्र जानकारी पाएको बताएका छन् । उनले आफु र आफ्नो पत्नीले निर्वाचन कानुनको परिधिभित्र रहेरनै सबै काम गरेको बताएका छन् ।

कावाई अघि जापानका उद्योग मन्त्रीले पनि यस्तै चुनाव नियम उल्लंघनको आरोपपछि पदबाट राजिनामा दिएका थिए । उनले मतदातालाई कटहर बाँड्नुका साथै उपहार बाँडेको आरोप लागेको थियो ।

जापानका अर्थमन्त्री दिए राजिनामा-चुनाबका बेला कटहर बाडेको आरोप