(JAPAN) 18 th November | 2019 | Monday | 5:37:45 PM
(Nepal) 18 th November | 2019 | Monday | 2:22:45 PM
 

जापानको ६ सय वर्ष पुरानो राजदरबारमा भिषण आगलागी, जापानी क्यासल ध्वस्त

  POSTED ON : Friday, 01 November, 2019 | Views : 165

जापानको ६ सय वर्ष पुरानो राजदरबारमा भिषण आगलागी, जापानी क्यासल ध्वस्त


टोकियो । विश्व सम्पदा सूचीमा परेको जापानी सुरी क्यासल (तत्कालिन दरबार) मा भिषण आगलागी भएको छ । यस दरबारको अधिकांश भागमा आगोले असर पुर्‍याएको स्थानीय मिडियाले जनाएका छन् । दक्षिणी टापु ओकिनवास्थित उक्त सुरी क्यासलको मुख्य हल भग्नावशेषको रुपमा परिणत भएको छ ।

केही टेलिभिजन फुटेजले उक्त क्षेत्रमा उद्धारका लागि अग्नि नियन्त्रकहरु खटिएको देखाएका छन् । एनएचकेका अनुसार यस ठाउँ जापानमा पर्यटकको मुख्य आकर्षक क्षेत्रमध्ये एक हो ।विहीबार बिहानै शुरु भएको सो आगो निभाउन अग्नी नियन्त्रकहरु केही घण्टादेखि खटिएका थिए । नजिकैका मानिसलाई अन्यत्रै सारिएको ओकिनावाका प्रहरी प्रवक्ता रियो कोचीले जनाएका छन् ।

ओकिनावाको राजधानी नाहामा सो आगो फैलिएको थियो । आगो बिहान २ः४० बजे शुरु भएको जनाइएको छ । सो क्यासल सन् १४०० को मानिन्छ । अहिलेको संरचना पुरानै शैलीमा निर्माण गरिएको हो । ‘‘क्यासलका तीन वटा महत्वपूर्ण भवन जलेका छन् । केही पनि बाँकी रहेन,’’ स्थानीय नाहा अग्नि विभागका अधिकारी डाइसुके फरुगेनले एएफपीसँगको कुराकानीमा बताएका छन् ।

एनएचके टिभीले देखाएको फुटेजमा क्यासल आगोको लप्काभित्र देखिन्छ । नाहाका मेयर मिकिको शिरोमाले आफू सो घटनाबाट ज्यादै दुःखी भएको बताएका छन् । ‘‘हामीले हाम्रो प्रतीक चिन्ह गुमाएका छौं,’’ उनले भने ।

सो आइल्याण्ड १८७९मा जापानमा गाभिनु अघिसम्म त्यहाँ ४५० वर्ष र्यूकु अधिराज्य रहेको थियो । स्थानीय संस्कृतिको मुख्य केन्द्रको रुपमा समेत त्यसलाई लिइन्छ । आगो कसरी लाग्यो भन्ने विस्तृत कुरा खुलाइएको छैन । यसअघि झण्डै सन् १३०० मा बनेको फ्रान्सको नोत्र दाममा पनि गएको अप्रिल महिनामा आगलागी हुँदा क्षति भएको थियो