(JAPAN) 18 th November | 2019 | Monday | 6:25:43 PM
(Nepal) 18 th November | 2019 | Monday | 3:10:43 PM
 

जापानमा चार नेपाली सहित एक जापानी पक्राउ, यस्तो छ आरोप

  POSTED ON : Thursday, 24 October, 2019 | Views : 271

जापानमा चार नेपाली सहित एक जापानी पक्राउ, यस्तो छ आरोप


क्योतो, जापान ।

पश्चिम जापानको क्योतोमा अध्यागमन नियम उल्लङ्घन गरेको आरोपमा ४ जना नेपाली पक्राउ परेका छन् ।

भाषा अनुवादकको काम गर्ने अनुमति पाएका उनीहरु कारखानामा काम गरेको पाइएपछि नियन्त्रणमा लिइएको जापान प्रहरीले जनाएको छ ।

उनीहरुसंगै अध्यागमनको स्वीकृति बिपरित काम गरेको भन्दै हाकेन कम्पनिका ९अस्थाई रुपमा स्टाफ खोज्दिने कम्पनि ० प्रबन्धक पनि पक्राउ परेका छन् ।

६१ बर्षे जापानिज नागरिक सुसुमु फुकुजुमीको परिचय खुलाएपनि पक्राउ परेका ४ नेपालीको विवरण भने खुलाईएको छैन । 

प्रहरीका अनुसार अभियुक्तहरुले आफुमाथिको अभियोग स्विकार गरिसकेका छन् ।

अध्यागमन कानुनको उल्लङ्घन गरेको आरोपमा मुद्दा चलाउने तयारी भईरहेको जापानी समाचार संस्था याहु न्युज जापानले समाचार प्रकाशन गरेको छ ।