(Japan) 29 th March | 2024 | Friday | 3:22:43 PM || (Nepal) 12:07:43 PM
 
 


टोकियोको सुरक्षामा विशेष कडाई, बाहिर हिँड्दा यि कुरामा ध्यान दिन नभुल्नुहोला

  POSTED ON : Monday, 21 October, 2019 | Views : 8425

टोकियोको सुरक्षामा विशेष कडाई, बाहिर हिँड्दा यि कुरामा ध्यान दिन नभुल्नुहोला


टोकियो, जापान ।

जापानको सुरक्षा व्यवस्था यसैपनि सँधै चुस्त र दुरुस्त हुनेगर्छ । 

यहाँ सार्वजनिक स्थल सहित बार्षिक घट्ने अपराधको घटना संख्याले समेत यसलाई पुष्टि गर्छ ।

तरपनि विशेष अवस्था र समयमा जापानमा अघिपछि भन्दा कडा सुरक्षा व्यवस्था अपनाउने गरेको पाईन्छ ।

जापानको राजधानी टोकियो र आसपासमा हुनुहुन्छ भने अक्टोबर २१ तारिख सोमबार देखी २२ तारिख मंगलबार र २३ तारिख बुधवार भने अघिपछि भन्दा यि कुरामा विशेष ध्यान दिनुपर्ने भएको छ ।

विशेष ध्यान किनभने जापानी सम्राट नारुहितोको राज्याभिषेक कार्यक्रम २२ तारिख मंगलबारका दिन हुँदैछ ।

उक्त दिन १ सय ७० देशका राष्ट्रप्रमुख वा राष्ट्राध्यक्ष सहित २ सय देशका प्रतिनिधि सहभागी हुन जापान आउने क्रम सुरु भएको छ ।

नेपालबाट राष्ट्रपती विद्यादेवी भण्डारी, दक्षिण कोरियाबाट प्रधानमन्त्री, चिनियाँ उपराष्ट्रपती, भारतबाट राष्ट्रपती लगायत विश्वभरबाट अधिकाशं देशका राष्ट्रप्रमुख वा राष्ट्राध्यक्षहरु जापान आईपुग्ने क्रम सुरु भएको छ ।

१ सय ७० बढी देशका विशेष अतिथिहरु आउने भएपछि सोमबार मध्य जापानको हवाई मार्ग जति व्यस्त हुनेछ त्यस्तै व्यस्त सडक क्षेत्र हुने भएको छ ।

त्यसमाथि विशेष अतिधिको सुरक्षा र सुविधाको लागि सबै व्यवस्थापन गरिरहेको जापानले आईतबारबाटै आउन सुरुगरेका पाहुनाहरुलाई उनिहरुको लागि व्यवस्था गरिएको होटलहरुमा राख्न सुरु गरिसकेको छ ।


रग्बि विश्वकपका कारण बढेका लाखौं पर्यटकको चापका बिच सम्राट नारुहितोको ऐतिहाँसिक राज्याभिषेक कार्यक्रमलाई शान्तीपूर्ण रुपमा भव्य तरिकाले सम्पन्न गर्न जापान एकजुट देखिन्छ ।

यस्तो अवस्थामा टोकियोमा दैनिक आउजाउहुने करिव ६० लाख जनघनत्वलाई कमगर्न जापान सरकारले मंगलबार २२ तारिखका दिन जापानभर सार्वजनिक बिदा समेत दिएको छ ।

अधिकाशं सरकारी र नीजि कार्यालय बन्द हुने उक्त दिन टोकियोको सडक क्षेत्र विशेष अतिथिहरुको आवतजावतका कारण व्यस्त हुने र निशेधित सडक क्षेत्र समेत हुने भएकाले सडक मार्गबाट यात्रा गर्ने यात्रुले उक्त दिन विशेष ध्यान दिनुपर्नेछ ।

२२ तारिखका दिन हुने सम्राट नारुहितोको राज्याभिषेकमा २५ सय विशेष अतिथिहरु सहभागी हुँदैछन् ।

अति विशिष्ट पाहुनाहरु सहभागी हुन आउने र फर्कने क्रममा हुने सडक जाम सहित आफ्नो देश फर्कने कार्यक्रम अधिकांश विदेशी पाहुनाको २३ तारिख भएका कारण सो दिन समेत सडक क्षेत्र सहित बिमानस्थल समेत सुरक्षाको उच्च निगरानीमा पर्नेछ ।

मध्य टोकियोमा नियमीत रुटमा चल्ने अधिकाशं ठाउँका बसहरु थोरै मात्र सञ्चालन हुनेछन् भने रेल सेवा समेत प्रभावित हुनसक्ने ठानिएको छ ।

सम्राट नारुहितोको राज्याभिषेक समारोह राजधानी टोकियोको चियोदाकु स्थित राजदरबारमा हुँदैछ ।

यो क्षेत्र वरपर हिबिया पार्क, टोकियो, कान्दा स्टेशन, टोकियो डोम, सुईदोउबासी, आकिहाबारा, हामाचो, टोकियो टावर, रोप्पोन्गि, सिबुया हुँदै सेन्दागाया, योयोगी, सिन्जुकु लगायत क्षेत्रभित्र बढी यायायातको साधन प्रभावित हुनेछ ।

वासेदा युनिभर्सिटी देखी तोसिमा शहर, बुन्क्यो सिटी, ताईतो सिटी,कोटो सिटी, सिनागावा सिटी, मेकुरो सिटी, सेतागाया सिटी, सुगिनामी सिटी क्षेत्र समेत २२ तारिखका दिन विशेष र २१ अक्टोबर देखी २४ अक्टोबरसम्म प्रभावित हुने जापानी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

२० तारिख आईतबारबाटै सुरक्षा सहित चेकजाँचमा कडाई थालिएको टोकियोमा सोमबार २१ तारिख देखी २४ तारिखसम्म चेकजाँचलाई थप कडाई गरिने निश्चित देखिन्छ ।

यस्तो अवस्थामा काममा जानुपर्ने, यात्रामा निक्लँदै हुनुहुन्छ वा घर बाहिरको काममा निक्लनुपर्ने अवस्था छ भने कृपयाँ आफ्नो परिचयपत्र अनिवार्य बोक्नुहोला ।

त्यहिँ पर त होनी, वा आज नबोक्दैमा के हुन्छ र छुटिहालेछ भै गो समाते कोठाबाट मगाउँला भनेर सामान्य ठानी हेलचेक्राई गर्नुभएमा त्यसले आफैंलाई नसोचेको र नभोगेको समस्यामा पार्नेछ ।

त्यसैले आफ्नो जाईरियु कार्ड, पासपोर्ट सहित आफ्नो परिचय जनाउने परिचयपत्रहरु अघिपछि बोक्ने गर्नुभएकै होला तर यि दिनमा भने विशेष ध्यान दिएर नछुटाईकन बोक्ने र यात्रा गर्ने ठाउँमा यातायात अवस्था कस्तो छ भनेर साथीभाईबाट बुझेर वा गुगल लगायत ईन्टरनेटको माध्यमबाट जानकारी लिएर यात्रामा निक्लनुभएमा तपाईको काम सफल हुनुका साथै विना झण्झट सुरक्षा चेकजाँच र निगरानीबाट उन्मुक्ती पाउनुहुनेछ ।

...

कृपयाँ यो जानकारीमुलक सामग्रीलाई सेयर गरेर आफ्ना साथीभाई लगायत सबैमा जानकारी गराउन अनुरोध गर्दछौं...