(JAPAN) 18 th November | 2019 | Monday | 5:39:06 PM
(Nepal) 18 th November | 2019 | Monday | 2:24:06 PM
 

जापानको ताईफु महाबिपत्तीमा दक्षिण कोरिया र चीनद्धारा दुख व्यक्त, नेपाल अझै मौन

  POSTED ON : Wednesday, 16 October, 2019 | Views : 219

जापानको ताईफु महाबिपत्तीमा दक्षिण कोरिया र चीनद्धारा दुख व्यक्त, नेपाल अझै मौन


टोकियो, जापान ।

जापानमा शनिवार र आईतबारको ताईफुले पुर्याएको मानविय र भौतीक क्षतीप्रती दक्षिण कोरिया र चीनले दुख व्यक्त गरेको छ ।

दक्षिण कोरियाका राष्ट्रपती मुन जे ईनले हागीबिस आँधीका कारण भएको क्षतीप्रति दुख व्यक्त गर्दै जापान सरकारलाई पत्र पठाएको जापानी मिडियाहरुले उल्लेख गरेका छन् ।

यसैगरि चीनको बिदेश मन्त्रालयका प्रवक्ता गेंग शुआनले पत्रकारहरुसँगको कुराकानीका क्रममा जापानमा ताईफुले मानविय हताहती र भएको क्षतीको दुखद घडीमा चीन जापानी नागरिकको साथमा रहेको बताएका छन् ।

घाईतेहरुप्रती स्वास्थ्यलाभको कामना गर्दै चीनले शोकमा परेका परिवारजनप्रती शान्त्वना समेत व्यक्त गरेको जापानी समाचारसंस्था एनएचके टेलिभिजनले उल्लेख गरेको छ ।

मृत्य र बेपत्ताको संख्या हेर्दा झण्डै एक सय जनाको मानविय क्षती हुने ठानिएको जापानमा हागीबिस ताईफुबाट खर्बौं रुपैयाँको क्षती पुर्याएको छ ।

...

जापानमा रहेको नेपाली राजदूतावासले यहाँ रहेका नेपालीको गुनासो सुनुवाई र उनिहरुको बारे चासो नलिएको आम आरोप लागि रहँदा नेपाल सरकारले समेत त्यस्तै व्यहार प्रदर्शन गरेको छ ।

जापानलाई परेको ठूलो क्षती र बिपदको यो दुखद घडीमा पाँच दिन वितिसक्दा समेत नेपाल सरकारले भने कुनैपनी कुटनीतिक माध्यम मार्फत दुख व्यक्त तथा सान्त्वना प्रदर्शन गर्न सकेको छैन ।

कुटनीतिक रुपमा चुकेको नेपालले पाँच बर्षअघि नेपालमा गएको बिनासकारी भूकम्प देखी तराईका जिल्लाहरुमा आएको बाढी र सबै विपत्तिमा सबैभन्दा धेरै सहयोग र साथ दिएको जापानलाई उसको दुखमा साथ दिन भुलेको भान भएको छ ।

जापानको महाबिपत्तिको यो घडीमा विश्वभरबाट साथ, सहयोग र सान्त्वना व्यक्त भईरहँदा जापानबाट सँधै सहयोग र साथ पाईरहेको नेपालले शब्दका मार्फत समेत सान्त्वना व्यक्त नगर्नुले नेपाली राजनीतिक नेतृत्वले लिन जान्ने तर दिन नजान्ने जोगीको व्यवहारलाई चरितार्थ गरिदिएको छ ।