(JAPAN) 18 th November | 2019 | Monday | 6:03:29 PM
(Nepal) 18 th November | 2019 | Monday | 2:48:29 PM
 

ताईफु प्रभावित क्षेत्रमा नेपाली सहित १२ भाषामा ०२२-२७५-९९९० बाट जानकारी लिन सकिने

  POSTED ON : Wednesday, 16 October, 2019 | Views : 287

ताईफु प्रभावित क्षेत्रमा नेपाली सहित १२ भाषामा ०२२-२७५-९९९० बाट जानकारी लिन सकिने


टोकियो, जापान ।

जापानमा ताईफुबाट प्रभावित क्षेत्रमा नेपाली सहित विभिन्न १२ बिदेशी भाषामा सहायता बारे जानकारी लिन सकिने भएको छ ।

जापानमा रहने विदेशी सहित पर्यटकहरुलाई लक्षित गरेर जापान सरकारले ताईफुबाट प्रभावितहरुको लागि नेपाली, अँग्रेजी, हिन्दी लगायत १२ भाषामा हटलाईन सम्पर्क सेवा उपलब्ध थालेको हो ।

यस्तो सेवा राजधानी टोकियो, साईतामा सहित अन्य प्रिफेक्चरमा हटलाईन तथा वेवसाईट मार्फत सेवा उपलब्ध गराईएको छ ।

ताईफुबाट प्रभावित नेपाली सहित बिदेशीहरुले ०२२-२७५-९९९० नम्वरबाट सेवा लिनसक्नेछन् ।

जापानमा रहेको भारतीय राजदूतावासले आपतकालिन् अवस्था परेमा आफ्ना नागरिकलाई २४ सै घण्टा सेवा लिनसक्नेगरि फोननम्वर समेत सञ्चालनमा ल्याएको छ ।

अमेरिका, चीन सहित दक्षिण कोरियाली दूतावासले समेत जापानमा रहेका आफ्ना नागरिकको लागि जुनसुकै समयमा जानकारी लिन सक्नेगरि फोन सेवा सञ्चालनमा ल्याएका छन् ।

तर करिव १ लाखको संख्यामा रहेका नेपालीहरुलाई आपतकालिन अवस्थामा सहयोग लिनसक्नेगरि नेपाली राजदूतावास जापानले भने कुनैपनि विशेष सेवा वा सम्पर्क नम्वर उपलब्ध गराएको छैन ।