(JAPAN) 16 th October | 2019 | Wednesday | 6:20:31 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 3:05:31 PM
 

आज बडा दशैं-बिजया दशमीको टिका लगाईंदै, नेपालमा १०:३५ बजे-जापानमा ९:५१ बजे उत्तम साईत

  POSTED ON : Monday, 07 October, 2019 | Views : 152

आज बडा दशैं-बिजया दशमीको टिका लगाईंदै, नेपालमा १०:३५ बजे-जापानमा ९:५१ बजे उत्तम साईत


काठमाडौं ।

नेपालीहरुको सबैभन्दा ठूलो चाड पर्व बडा दशैको महत्वपूर्ण दिन विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा र आशिर्वाद थापी मनाइँदैछ । 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज नेपालमा देवी विसर्जनको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ ।

बडा दशैंको टिकाको लाई आज साईत कुर्न नपर्ने बताउँदै अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले साईत खोज्नेका लागि भने जापानमा बिहान ९ बजेर ५१ मिनेटमा उत्तम साईत रहेको अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जानकारी दिएको छ ।

विदेशमा बस्ने नेपालीहरुले विगतका वर्षहरुमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको उत्तम साइतलाई नै आधार मानेर टीका ग्रहण गर्दै आएको भए पनि यो वर्ष भने टीकाको साइत देशअनुसार फरक पर्ने भएकाले समितिले सोही अनुसार समय तालिका सार्वजनिक गरेको हो ।

नेपाल र सम्वन्धित देशको समय तालिका अनुसार साईत नमिलेको भन्ने जिज्ञासामा अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यो सम्वन्धित देशको प्रात कालदेखी घडि र पला अनुसार हेरेर निर्धारण गरिएकाले समयको तालिका फरक परेको भन्ने भ्रममा नपर्न आग्रह गरेको छ ।

बडा दशैंको टीकाको उत्तम साईत सार्वजनिक गर्ने क्रममा समितिले जापान, अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, भारत लगायका देशको समय निर्धारण गरेको हो ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने धर्मशास्त्रविद् प्रा डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । 


आज मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ ।

जमराले विभिन्न रोग व्याधमा औषधिको रुपमा काम गर्ने तथ्य बैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ । 

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी आज मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दशैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।