(JAPAN) 16 th October | 2019 | Wednesday | 6:10:50 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 2:55:50 PM
 

जापान पहिलो पटक रग्बि विश्वकपको क्वाटर फाईनल प्रवेश

  POSTED ON : Sunday, 06 October, 2019 | Views : 82

जापान पहिलो पटक रग्बि विश्वकपको क्वाटर फाईनल प्रवेश


टोकियो, जापान ।

रग्बि विश्वकपमा जापान लगातार तेस्रो जीत निकाल्दै पहिलो पटक क्वाटर फाईनलमा प्रवेश गरेको छ ।

शनिवार सामोआलाई ३८-१९ अंकको फरकमा पराजित गर्दा जापानले रग्बि विश्वकपमा नयाँ रेकर्ड बनाएको हो ।

खेलको अन्तिम मिनेटमा कोतारो माचुसिमाले बोनस सहित ट्राई अंक थप्न सफल हुँदा जापान सामोआलाई ३८-१९ अंकको अन्तरमा पराजित गर्न सफल भयो ।

समुह चरणको तीनवटा खेल लगातार जितेर क्वाटर फाईनल प्रवेश गर्न सफल भएको जापान समुहको शिर्ष स्थानमा रहन सफल भएको छ ।

जापान रहेको समुहमा आयरल्याण्ड, स्कटल्याण्ड, सामोआ र रसिया रहेको छ । जापानले रसिया सहित आयरल्याण्डलाई पराजित गरिसकेको छ भने जापानको अबको भेट स्कटल्याण्डसँग हुनेछ ।

स्कटल्याण्ड र जापानको भिडन्त यही अक्टोबर १३ तारिख हुनेछ ।

खेल योकोहामामा रहेको ईन्टरनेशनल स्टेडियम योकोहामामा आईतबार साँझ ७:४५ बजे हुनेछ ।

शनिवार नै भएको अन्य खेलमा ईंगल्याण्ड अर्जेन्टिनलाई ३९-१० अंकले हराउँदै क्वाटरफाईनलमा प्रवेश गर्न सफल भएको छ ।

अर्को खेलमा अष्ट्रेलियाले उरुग्वेलाई ४५-१० अंकको पराजित गर्दा क्वाटरफाईन स्थान पक्का गरेको छ ।