(JAPAN) 16 th October | 2019 | Wednesday | 6:51:20 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 3:36:20 PM
 

जापानमा लामो समय काम र कामको चापका कारण १५८ जनाको मृत्यु, कामदारलाई केहीभए लगाउने व्यक्तिलाई कारवाही हुने

  POSTED ON : Thursday, 03 October, 2019 | Views : 1061

जापानमा लामो समय काम र कामको चापका कारण १५८ जनाको मृत्यु, कामदारलाई केहीभए लगाउने व्यक्तिलाई कारवाही हुने


टोकियो, जापान ।

जापानको सरकारी निकायले गरेको अध्ययनले सन् २०१८ मा मात्रै लामो समय काम गर्नुपर्दा र कामको बोझकै कारण कम्तिमा १ सय ५८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

जापान सरकारको रिपोर्ट अनुसार विशेषगरि श्रम बढी गर्नुपर्ने उद्योग क्षेत्रमा यस्तो घटना बढि पाईएको छ ।

उद्योग, निर्माणको क्षेत्रमा र मिडिया उद्योगका कामगर्नेहरुले समेत कारोसि अर्थात् अति कामको चापले ज्यान गुमाएका छन् ।

मंगलबार सार्वजनिक रिपोर्टका अनुसार अति कामको चापकै कारण बिरामी भएर मृत्यु भएका १ सय ५८ जना सरकारी अधिकारीहरुको सम्पर्कमा आएको तथ्यांक मात्र हो ।

आएको तथ्यांक मध्येपनि निर्माण उद्योगमा काम गर्ने ५४ जनाले गत बर्ष ज्यान गुमाएका थिए ।

दुखद कुरा त के भने यसरी ज्यान गुमाएका ५४ जनाले मानसिक रुपमा तनाव समेत सहन नसकेर आत्महत्या गरेका हुन् ।

बढी कामको चापकै कारण सन् २०१० देखी २०१५ को बिचमा मस्तिस्क र हृदयघात भएर ७८ जनाले ज्यान गुमाएको तथ्यांकमा उल्लेख छ ।

बढी कामको चापकै कराण मिडिया उद्योगमा काम गर्ने १० जनाले सन् २०१० देखी २०१५ को बिचमा अस्पताल भर्ना भएर पनि ज्यान गुमाएको र ४ जनाले कामको चापकै कारण तनावले आत्महत्या गरेका थिए ।

सरकारी अधिकारीहरुले बर्षेनी कामको बढी चाप र तनावका कारण मानसिक रुपमा विक्षिप्त भई ज्यान गुमाएका वा आत्महत्या गर्नेको संख्या घट्दो क्रममा रहेको भएपनि यो अझै धेरै भएको बताएका छन् ।

रिपोर्ट अनुसार बढी समय काममा लगाउने तथा काम गर्न बाध्य बनाउने र नियम बिपरित धेरै समय काम गर्न तनाव वा दवाव दिने व्यक्ति, फर्म वा कम्पनीमाथि कडा कारवाही गर्नेगरि नियम अघि बढाईएको छ ।

जस अनुसार अब नियम बिपरित बढी काम वा भार कामदारले खप्नुपरेको अवस्थामा उत्पन्न हुने सबै अवस्थाको जिम्मेवारी सम्वन्धित पक्ष हुनेगरि कानुनी कारवाही हुनेछ ।