(Japan) 26 th February | 2020 | Wednesday | 3:40:28 PM || (Nepal) 12:25:28 PM
 
 

जापानमा सुतिराखेकै अवस्थामा पोखराका एक युवाको निधन

  POSTED ON : Saturday, 05 May, 2018 | Views : 16618

जापानमा सुतिराखेकै अवस्थामा पोखराका एक युवाको निधन


टोकियो ।

जापानमा सुतिरहेको अवस्थामा नेपाल कास्की जिल्ला पोखरा घर भएका युवाको निधन भएको छ ।

अध्ययन पश्चात कम्पनीमा काम गर्त थालेका पोखरा लेखनाथ महानगरपालिका घर भई हाल चिवामा बसोबास गर्दै आएका २८ बर्षिय राजु क्षेत्रीको निधन भएको हो ।

साथिहरुमाझ विवस नामले चिनिने गरेका क्षेत्री केही महिना अघि मात्र नेपाल गएर विवाह गरि फर्कीएको बुझिएको छ ।

हाल एफ. हिरोताकी लिमिटेड नामका जापानीज कम्पनीमा काम गर्दै आएका उनको साथीहरुसँग सुतिरहेकै अवस्थामा निधन भएको हो ।

बिहिबार मध्यरातको समयमा साथीहरुसँगै सुतेका केसीका साथिहरुले हिजो बिहान साँडे ८ बजेतिर उठ्दा उनी हलचल नगरि सुतेको देखेर उठाउन खोज्दा अर्धचेत अवस्थामा पाएपछि तत्काल प्रहरीलाई खवर गरि एम्बुलेन्स बोलाएका थिए ।

एम्बुलेन्ससँगै आएको स्वास्थ्य चिकित्सकको टोलिले उनको निधन भइसकेको बताएको हो ।

सन् २०१४ मा जापान आएका क्षेत्रीले २ बर्षे भाषा स्कुल र सेन्मोन गाक्कोउ सकेर जापानीज कम्पनीमा काम सुरु गरेका थिए ।

हाल क्षेत्रीको शव चिवा प्रहरीले अनुसन्धानका लागि राखेको र सँगै रहेका साथिहरुसँग सोधपुछ गरिरहेको बताइएको छ । घटनाबारेमा मृतक क्षेत्रीको नेपाल स्थित परिवारजनलाई पनि जानकारी गराइएको बुझिएको छ ।