(Japan) 29 th March | 2024 | Friday | 2:24:16 PM || (Nepal) 11:09:16 AM
 
 


टोकियोमा कुलमान र बर्षमानसँग अन्तर्क्रिया हुँदै, जापानवासी मन्त्री पुन भन्दा उज्यालो नेपालका नायक कुलमानलाई कुर्दै

  POSTED ON : Sunday, 15 September, 2019 | Views : 2915

टोकियोमा कुलमान र बर्षमानसँग अन्तर्क्रिया हुँदै, जापानवासी मन्त्री पुन भन्दा उज्यालो नेपालका नायक कुलमानलाई कुर्दै


टोकियो, जापान ।

नेपाल विद्युत् प्राधिकरण भित्रको भ्रष्टाचार र अनियमितता रोक्दै दैनिक २० घण्टासम्म लोडसेडिङको पिडामा परेका नेपाली जनतालाई राहत दिलाएर उज्यालो नेपालका नायकको उपमा पाएका कुलमान घिसिङ र जापानवासी नेपालबिच अन्तर्क्रिया हुने भएको छ ।

उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसंग यही सेप्टेम्बर २४ मा टोकियोमा अन्तर्क्रिया हुने भएको हो ।

समृद्ध नेपाल निर्माणमा ऊर्जाको महत्व र प्रवासी नेपालीको भूमिका विषयमा सेप्टेम्वर २४ तारिख मंगलवार साँझ ६ बजे नेरिमा कल्चर सेन्टरको सभाहलमा हुने अन्तर्क्रियामा सहभागी हुन आयोजकले जापानवासी नेपालीमा अनुरोध गरेको छ ।

जापान सरकारको दातृसंस्था जाईकाको औपचारिक कार्यक्रममा सहभागी हुन मन्त्री पुन र निर्देशक घिसिङ सहितको ५ जनाको टोलि जापान आउँदैछ ।

प्रवासी नेपाली एकता मञ्चको आयोजनामा हुन लागेको अन्तर्क्रियामा सहभागी भएर आफ्ना जिज्ञासा र आवाज राख्न आयोजकले सबै जापानवासी नेपालीहरुमा अनुरोध गरेको छ ।

आयोजकले सुरुमा बर्षमान पुनको तस्विर मात्र राखेर कार्यक्रमबारे प्रचार थालेपछि सामाजिक सञ्जालमा जापानमा रहेका नेपालीहरुले त्यसको व्यापक बिरोध गरेका थिए ।

मन्त्री पुनलाई नभई कुलमान घिसिङको भनाई र उहाँसँग साक्षात्कारको लागि जापानवासी नेपालीहरु ईच्छुक रहेको भन्दै आलोचना भएपछि आयोजकले नयाँ पोष्टरमा कुलमान घिसिङको तस्विर राखेर सार्वजनिक गरेको छ ।