(JAPAN) 19 th December | 2018 | Wednesday | 2:08:44 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 10:53:44 PM
 

जापानमा जताततै अतिथि बन्दै हिँड्नेहरुकै रेष्टुरण्टमा नेपाली कुकहरु पिडित छन्-अर्याल (भिडियो सहित)

  POSTED ON : Sunday, 29 April, 2018 | Views : 30251

जापानमा जताततै अतिथि बन्दै हिँड्नेहरुकै रेष्टुरण्टमा नेपाली कुकहरु पिडित छन्-अर्याल (भिडियो सहित)

टोकियो ।

जापानस्थित नेपाली राजदूतवासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले जापानमा नेपालीहरुबाटै नेपालीहरु पिडित हुनुपरिरहेको बताएका छन् ।

राजधानी टोकियोमा आयोजित नेपाल जापान विद्यार्थी समाजको दोस्रो वार्षिकउत्सव समारोहमा बोल्दै उपनियोग प्रमुख अर्यालले जापानमा नेपालीहरुले नै सञ्चालन गरिरहेका रेष्टुरेण्टबाट पिडित बनिरहेको बताएका हुन् ।

'यहाँहरुलाई नमिठो तितो लाग्दा, जापानमा ४ हजारको संख्यामा नेपालीहरुले रेष्टुरेण्ट चलाएर बस्नुभएको छ, धेरै अनुहारहरु यहाँ उपस्थित देखिराखेको छु । अतिथिगण देखी धेरै तिर उहाँहरुनै देखिनुहुन्छ' अर्यालले भन्नुभयो-'सबभन्दा दुखको पक्ष भनेको उहाँहरुकै रेष्टुरेण्टमा नेपाली कुकहरुले दुख पाइराख्नुभएको छ ।'

'जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुले भाषा, संस्कृति र रहन सहन जानी राखेका हुन्छन् उनिहरुलाई ४ हजार रेष्टुरेण्टले २ जनाको दरले काम दिए जापानमा नेपाली विद्यार्थीहरुले कामको लागि बाहिर खोज्न जान र भौंतारिनै नपर्ने' उपनियोग प्रमुख अर्यालको सुझाव थियो । 

जापानमा विडम्बनानै बिडम्बना रहेको भन्दै अर्यालले विद्यार्थीहरुले अध्ययनको समयमा काम भन्दा अध्ययनलाई बढी महत्व दिनुपर्ने भन्दै अध्ययनपछि कामको खोजिमा रहेका विद्यार्थीलाई नेपाली व्यवसायीहरुले सहयोग गर्नुपर्ने बताउनुभयो ।

अध्ययनपछि काम खोजिरहेका नेपालीहरुलाई सहयोग भन्दा अनाहकमा काम लगाइदिने नाममा ४० मान बढी लिएर नेपालीहरुले नै ठगिरहेको भन्दै यसमा बिद्यार्थी पनि सचेत हुनुपर्ने बिचार राख्नुभयो ।