(JAPAN) 25 th September | 2018 | Tuesday | 4:01:24 AM
(Nepal) 25 th September | 2018 | Tuesday | 12:46:24 AM
 

विक्रम थापा जापानी बाईकरलाई हराउँदै नेपाली झण्डा फहराउन सफल (भिडियो सहित)

  POSTED ON : Friday, 27 April, 2018 | Views : 45195

विक्रम थापा जापानी बाईकरलाई हराउँदै नेपाली झण्डा फहराउन सफल (भिडियो सहित)

ज्याक खड़का-

टोकियो ।

नेपालका विक्रम थापा जापानको टि के रेण्टल बाईक सिरिजमा प्रथम हुँदै नेपाली झण्डा फहराउन सफल भए ।

उनको यो सफलताको खवर नेपालमा रहेका उनका वुवाले सार्वजनिक गर्ने वित्तिकै जापानसमाचारडटकमले उनलाई तत्काल सम्पर्क गर्यो ।

पारिवारिक खुशी प्रकट भएर पाएको खवरपछि जानकारी माग्दा कत्ति हतार र बिजयको उत्तेजनामा नदेखिएका विक्रमले आफ्नो संघर्ष र प्रयासले सफलता पाएको भन्दै यो नेपालको जित भएको बताए ।

भेटपछिको कुराकानीमा विक्रमले भने-'म नेपालको एकमात्र बाईक रेसर होइन, कतिपयले मलाई यस्तो भन्छन् जुन मलाई त्यत्ति मन पर्दैन ।' हो चाहिँ के त ? प्रश्न सकिन नपाउँदै बिक्रमले भने-'म पहिलो अन्र्तराष्टिय व्यवसायिक बाईक रेसर चाहिँ हो ।'


यसलाई अझ खुलाउँदै उनले भने नेपालको प्रतिनिधित्व गर्दै थाईल्याण्डमा सम्पन्न भएको एशिया रोड रेसिगं च्याम्पियनसिप अन्र्तगतको सुजिकी एशियन च्यालेन्जमा भाग लिने अहिले सम्मकै पहिलो नेपाली बाईक रेसर भने म मात्र हुँ ।

यसअघि यो स्तरको अन्र्तराष्टिय बाईक रेसिगंमा नेपालबाट कसैले पनि प्रतिस्पर्धा गर्न सकेको थिएन ।

जापानमा यही मार्च २५ तारिखमा सम्पन्न जापानी बाईक रेसिगं प्रतिस्पर्धामा विभिन्न देशको बाईक रेसिगंमा प्रथम भएका सहित जापानका व्यवसायिक बाईक रेसरहरुको प्रतिस्पर्धाबाट विक्रम छनौटमा परे ।

करिव एक सय प्रतिस्पर्धीबाट २० जनामा छनौट भएका विक्रमको संघर्ष छनौटमात्र मात्र सिमित रहेन ।

बिजयी भएको क्षण सम्झंदै उत्साहित हुँदै विक्रम भन्छन्-'त्यो बेला विश्वासै लागेन जब अन्तिम बिन्दु पार गरें' बाईक कुदाइरहँदाको क्षणलाई शब्दमा उतार्दै उनि भन्छन्-'केही पछाडी हुँदा अरुले जित्लाकि भन्ने त्यति चिन्ता हुन्न, तर जब आफु अगाडी र अरु पछाडी हुन्छन् अनि अरुले उछिन्ला कि, कुनै गल्ती होलाकि, लड्ला कि भन्ने तनाव हुन्छ, अनि चेकर फ्ल्याग हल्लाएर खेल सक्कियो भन्दि हालेनि हुन्थ्यो जस्तो लाग्छ ।'

एक बर्षमा ६ राउण्ड हुने टि के रेण्टल बाईक सिरिजको पहिलो चरणमा प्रथम भएका बिक्रम लक्ष्य राखेपनि प्रथम हुने नठानेको भन्दै भन्छन् -'अब हुने पाँच चरणको खेल जित्न अब चाहिँ मलाई थप चुनौति छ । किनभने पहिलो चरणमा बिजयी भएर नेपाली झण्डा फहराएको शान र सबैको विश्वासलाई मैंले गुम्न दिन हुँदैन, यसको लागि मैंले अब थप तालिम र तयारी गर्नुपर्नेहुन्छ ।'

कुराकानीकै क्रममा पुन एशिया रोड रेसिगं च्याम्पियनसिपको सुजिकी एशियन च्यालेन्जबारे बताउँदै बिक्रमले भने-'नेपाल, जापान, थाइल्याण्ड, भारत, मलेसिया लगायत १० देशका टप बाईक रेसर सहित १८ जना प्रतिस्पर्धीबाट समग्रमा १५ औं स्थान लिन सफल भएं । जसको पाँच वटा देशमा ६ राउण्डमा हुने रेसिगं एक राउण्डमा दुईपटक प्रतिस्पर्धा भएको थियो ।'

जस अन्र्तगत थाईल्याण्डमा दुई राउण्ड रेसिगं हुँदा दोस्रो राउण्डमा भने ८ औं नम्बरमा परेको थिएं ।'

सन् २०१६ र ०१७ को यो प्रतिस्पर्धाबाट धेरै सिकाईसँगै अनुभव बटुलेका विक्रम भन्छन् ''अब खेललाई थप व्यपसायिक बनाउन क्षमता बढाउन सक्ने र बाटोहरु पहिल्याउन थालेको छु तर यो खेल महंगो खर्चको भएकाले यसमा लगानी समेत त्यही स्तरमा चाहिन्छ जसको लागि स्पोन्सरहरु समेत आवश्यक हुन थालेको छ ।'

आफु संघर्ष गरिरहँदै नेपालमा बाईक रेसिगंको सम्भावना र विकासमा प्रयास गरिरहेका विक्रमले नेपालमा बाईक रेसिगं टिम बनाएर प्रशिक्षण र सहयोग गरिरहेका छन् । बि टि नाइन्टीसिक्स रेसिगं टिमको नाममा करिव १ दर्जन बाईक रेसरहरु समावेश गरेर प्रयास गरिरहेका विक्रम आफैं भने आर्थिक संघर्षकै कारण ठूलो खर्च लाग्ने भएका कारण अन्र्तराष्टिय स्तरमा हुने गरेका कयौं बाईक रेसिगं प्रतिस्पर्धाबाट बञ्चित हुन परिरहेको बताउँछन् ।